बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

समाजवादी बाग्लुङबाट चार जना सिफारिस

समाजवादी बाग्लुङबाट चार जना सिफारिस


  • Dhorpatan News
  • कार्तिक १४ २०७६, बिहिबार

पोखरा, १५  कात्तिक – समाजवादी पार्टी गण्डकी प्रदेशले बाग्लुङ जिल्लाको क्षेत्र नं.२(ख) प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि ४ जना नेतालाई केन्द्रीय समितिमा सिफारिस गरेको छ।

गण्डकी प्रदेश अध्यक्ष मोति रिजालका अनुसार सिफारिस गरिएकाहरुमा अशोककुमार विक, देवबहादुर सुनार, पुर्णबहादुर घर्ती मगर र शंकरबहादुर कुँवरलाइ सिफारिस गरिएको छ । मंसिर १४ हुने उपनिर्वाचनका लागि कार्तिक १० गते सिफारिस गरिएको रिजालले बताए ।बाग्लुङ जिल्लाको क्षेत्र नं.२(ख) प्रदेश सभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित टेकबहादुर घर्तीको गतवर्ष मंसिर २६ गते कमलपित्त रोगबाट निधन पश्चात मंसिर १४ गते उक्त क्षेत्रमा निर्वाचन हुने भएको हो। यस अघिको निर्वाचनमा तत्कालिन एमाले, माओवादी केन्द्र र राजमोले गठबन्धन गरी घर्तीलाई विजयी गराएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->