बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेकपाको पार्टी कार्यालय उद्घाटन, निर्वाचन केन्द्रित गतिविधि बढ्दै

नेकपाको पार्टी कार्यालय उद्घाटन, निर्वाचन केन्द्रित गतिविधि बढ्दै


  • कमल पौडेल
  • कार्तिक १९ २०७६, मंगलबार

बागलुङ,१९ कात्तिक –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका २, खर्वाङको वडा पार्टी कार्यालयको स्थापना गरिएको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्येनजर गर्दै सो कार्यालयको उद्घाटन समेत गरिएको हो। सो कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य प्रदिप खरेलले कार्यकर्तालाई निर्वाचनमा खटिन निर्देशन दिनए । सोहि कार्यक्रममा नेकपाका जिल्ला कार्यदल सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले निर्वाचनमा खटिदा कम्युनिष्ट आचरण नविर्सन आग्रह गर्दै निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र कोहि कसैले गरे तत्काल उजुरी गर्ने गरि तयारी रहन निर्देशन दिए। कार्यक्रम वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता, सचिव फारम थापाको संचालनमा सम्पन्न भएको थियो। निर्वाचन नजिकिए सँगै बडिगाड गाउँपालिका वडा नंं २ मा निर्वाचन केन्द्रित गतिविधिहरु बढेका छन्। नेकपाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनलाई उमेद्बारको रुपमा अगाडि ल्याएको छ भने नेपाली काग्रेसले वडा समितिका उपसभापति डिल बहादुर रानालाई चुनावी प्रतिश्पर्धामा उठाएको छ। उता राष्ट्रिय जनमोर्चाले ३ जनाको नाम सिफरिस गरेपनि अझै जिल्ला कमिटिले निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->