पोखरा,१९ कात्तिक – विवेकशील नेपाली दलले कास्की–२ को प्रतिनिधिसभा निर्वाचनमा जमुना शर्मालाई उठाउने घोषणा गरेको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरि कास्की र बाग्लुङका उम्मेदवारको औपचारिक घोषणा गरेको हो । बाग्लुङ २ ख मा विवेकशीलले सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ ।
पत्रकार सम्मलेनमा बोल्दै विवेकशीलदलका अध्यक्ष मिलन पाण्डेले देशको राजनीति बदल्ने यात्राका साथ यहाँ आइपुगेको बताए । सोमबार र मंगलबारको बैठक पछि उम्मेदवार टुंगो लगाएको उनले जानकारी दिए । कास्की २ को प्रतिनिधिसभा उम्मेदवार जमुना शर्माले आगामी पुस्ताको भविष्य बदल्ने र न्यायोचित व्यवस्थापनको पहल गर्ने बताइन । स्वदेशमा र आफ्नै ठाउँमा भविष्य सुरक्षीत महसुस हुने वातावरण सिर्जना गर्नु अहिलेको पुस्ताको दायित्व रहेको र राजनीतिको माध्यमबाट यसको समाधान गर्न प्रयास गर्ने उनको प्रतिबद्धता छ ।





