बागलुङ,१४ कात्तिक – आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले बाग्लुङ २(ख) मा प्रदेश सभा सदस्यको उम्मेद्वारका रुपमा खिमविक्रम शाहीलाई अगाडि सारेको छ । मंगलबार अध्यक्ष चित्रबहनदुर केसीले जारी गरेको वक्तव्यमा बाग्लुङ २ (ख) मा शाहीसहित अन्य स्थानीय तहका उम्मेदवारहरुको घोषणा गरिएको छ । राजमो र नेकपाबीच तालमेल रहेको बाग्लुङको क्षेत्र नं २(ख) को निर्वाचनलाई महत्वका साथ हेरिएको छ । सो स्थानमा बाम तालमेलबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।





