पोखरा, २५ कात्तिक – नेपाली कांग्रेस कास्कीले आशन्न कास्की २ को चुनाव प्रचार अभियान तीव्र बनाएको छ । जसअन्तर्गत कांग्रेसले पोखराका ११ वटै वडामा संयोजक र वडास्तरीय निर्वाचन परिचालन समिति बनाएर खटाएको छ ।
अभियानकै क्रममा कांग्रेसले आइतबार ११ वटै वडामा चुनाव प्रचारका लागि सम्पर्क कार्यालय शुभारम्भ गर्याे भने पोखरा ४, ८ र ९ बाट घरदैलो अभियान समेत सञ्चालन गरेको छ ।
कांग्रेसले पोखरा ४ मा यज्ञबहादुर थापालाई संयोजक, लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ । यसैगरी विजया रेग्मी, दामोदर अधिकारी, उमेश पराजुली, मनवहादुर विक, शकुन्तला कोइराला, डम्वरजंग गुरुङ, प्रकाश मोहन खनाल, शंकर बास्तोला र सुरेन्द्र विजुक्छे समितिको सदस्य रहेका छन् ।
पोखरा–७ मा शुक्रराज शर्मा संयोजक, रंगीला आचार्य सहसंयोजक तोकिएका छन् । समितिको सदस्यमा दुर्गावहादुर सुनार, राधाकृष्ण गुरुङ, भरत बहादुर अधिकारी, अनिता तिमिल्सिना, विष्णुहरि बराल, तोयाबहादुर भट्टराई, सरोजनारायण बराल, विलवहादुर गुरुङ छन् ।
यसैगरी पोखरा ८ मा तारानाथ रानाभाट संयोजक र रामचन्द्र त्रिपाठी सहसंयोजक तोकिएका छन् । समितिमा कृष्ण कार्की, देवेन्द्र कुमार शेरचन, राधा अधिकारी, चन्द्रावती पौडेल, हारुन खान पैठान, ओम वस्नेत, अम्वर बहादुर कार्की, रामजी प्रसाद कोइराला र शारदा गिरी सदस्य छन् ।
यस्तै, पोखरा–९ मा विरेन्द्रनारायण विजुक्छेलाई संयोजक र पदमसिं गुरुङलाई सहसंयोजक तोकेको छ । समितिको सदस्यहरूमा किशोरदत्त बराल, खलिल मियाँ, सुशील भट्टचन, रामराज लामिछाने, विन्दु कुमारी भण्डारी, भीम गौतम र ध्रुव अधिकारी छन् ।
पोखरा–११ मा भने शारदा पौडेल संयोजक बनेकी छन् । समितिको सहसंयोजकमा सुदिपमोहन भट्टराई र सदस्यहरूमा मुकुन्द ज्वाला वास्तोला, विष्णुवहादुर क्षेत्री, ओमप्रकाश गुरुङ, प्रेमवहादुर तामाङ, मोहन बाँस्तोला, सुनिल गुरुङ, चन्द्र प्रकाश थापा मगर सदस्य रहेका छन् ।
कांग्रेसले पोखरा–१५ मा विन्दादेवी रानालाई संयोजक बनाएर खटाएको छ । उक्त समितिको सहसंयोजकमा पोषनाथ शर्मा रहेका छन् । समितिको सदस्यमा ऋषिराम काफ्ले, खेमकुमारी बराल, परशुराम वि.पोख्रेल, मिनबहादुर गिरी, शंकर ढुंगाना, यज्ञश्वर पोखरेल, पुष्प पराजुुली, डम्वर बहादुर थापा र गीता भण्डारी छन् ।
यसैगरी पोखरा–१६ मा कुमार खडका संयोजक र सहसंयोजकमा विजयराज आचार्य रहेका छन् । समितिको सदस्यमा वावुराम आचार्य, मदन बहादुर केसी, पुष्पेन्द्र पाण्डे, ज्ञानबहादुर कार्की, जीतबहादुर बस्नेत र सुवर्णजंग केसी रहेका छन् ।
यता, पोखरा–१७ मा भने पार्टी सभापति कृष्ण केसी आफै संयोजक बनेर खटिएका छन् । उनलाई सहसंयोजकको रुपमा निर्मल प्रसाद कर्माचार्यले साथ दिएका छन् । सभापति केसीको नेतृत्वमा युवक लामिछाने, नारायण कुमार श्रेष्ठ, गौरी सापकोटा, नम्रता वराल, पुण्डरी प्रसाद वराल, कृष्णप्रसाद कोइराला, माधव प्रसाद बराल, रोकबहादुर गुरुङ र विश्वमोहन पौडेल सदस्य छन् ।
यसैगरी पोखरा २० मा विन्दुकुमार थापा संयोजक र दिपक गुरुङ सहसंयोजक बनेर खटिउका छन् । समितिमा वुद्धिमान गुरुङ, सरस्वती गुरुङ, भवसागर बराल, वल्लभ केसी, माया बराल र खेम गुरुङ सदस्य छन् ।
कांग्रेसले पोखरा–२१ मा गुरु बराललाई संयोजक र गिरीराज गौतमलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । समितिमा तारादेवी अधिकारी, डा.रामचन्द्र पोखरेल, तिलक रानाभाट, धु्रव रायमाझी, लक्ष्मण पहारी, दिनेश पौडेल, रणबहादुर कार्की, नारायण पौडेल, दिपेन्द्रराज आचार्य, धर्मराज सुवेदी, ढकबहादुर खत्री, राधाकृष्ण तिवारी सदस्य छन् ।
पोखरा–३३ मा जीवन परियारलाई संयोजक र केशर प्रसाद निर्दोषीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । यस वडामा राजेन्द्रमणि लामिछाने, रामवावु भण्डारी, कुमार सुनार, शरदराज सुवेदी, प्रेमकुमार श्रेष्ठ, मुराहरी कोइराला, शान्ता खनाल, शिवराज अधिकारी, चन्द्रबहादुर पुन, रामबहादुर पुन, दिनेश आचार्य, रन्जना बराल, लक्ष्मी पौडेल, सन्तबहादुर थापा समितिको सदस्यको रुपमा खटिएका छन् ।
गणेशमानलाई साक्षी राखी चुनावी अभियान प्रारम्भ
नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो ।
त्यसपश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९ मा घरदैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले जनाएको छ । कास्की कांग्रेसले पोखरा– ४ मा यज्ञबहादुर थापा, ८ मा विरेन्द्रनारायण विजुक्छे र ९ मा तारानाथ रानाभाटलाई संयोजक तोकेको छ ।
घरदैलोका क्रममा मतदाताका आँगनमा पुगेका उम्मेदवार पौडेललाई मतदाताले गुरु भन्दै सम्मानभाव प्रकट गरेका थिए । कतिपय मतदाताले ‘लामो समयपछि गुरुसंग भेट्न पाइयो, निकै खुशी लाग्यो, विजयको शुभकामना गुरु !’ भन्दै सम्मान गरेका थिए । त्यस अवसरमा नजिकबाट चिनिएका मतदाता र आफूले पढाएका विद्यार्थी भेट्दा उम्मेदवार पौडेल भावुक समेत बनेका थिए ।
पोखरा–८ निवासी उम्मेदवार पौडेलका १ विद्यार्थी ‘गुरुको भार चुक्ता गर्ने अवसर बल्ल प्राप्त भएको छ, म जुनसुकै सहयोग गर्न तयार छु’ भन्दै पाउ छोएका थिए । त्यतिबेला उम्मेदवार पौडेलले ति विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका थिए ।





