शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखराका मुख्य चोकमा आकासे पुल : विद्या

पोखराका मुख्य चोकमा आकासे पुल : विद्या

संवेदना होइन, योग्यताले मैदानमा ः कुसुम


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७६, सोमबार

पोखरा,२ मंसिर – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को तर्फबाट कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशे पुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक रहेको जनाएकी हुन् ।
कास्की २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीकै पहलमा सिर्जनाचोकमा आकाशे पुलको डिपीआर बनेर बजेटसमेत विनियोजन भइसकेको छ’,उनले भनिन्‘जीपछि आकासेपुलसहित सुन्दर पोखरा बनाउने अभियानमा जुट्नेछु ।’
नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले २ पार्टी एक भएर जनतामा आएको उल्लेख गर्दै जनताले एकता र समृद्धिको सुरुआतलाई भव्य अनुमोदन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘जनताले एकतालाई अनुमोदन गर्छन् । स्थायी सरकार बनेको छ । विकासले गति लिएको छ । यो गतिलाई निरन्तर राख्य पनि नेकपाको जीत जरुरी छ ।’
उनले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको दाबी गरे । कांग्रेसले जितेका नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उद्घोष गरे ।

शनिबार सृजनाचोकबाट सुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगाहुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोका क्रममा उम्मेदवार विद्याले वृद्धभत्ता, विधवा भत्ता जस्ता सामाजिक सुरक्षाका योजना ल्याउने पार्टीले वृद्धहरुको सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको बताइन् । उनले युवालाई शिक्षा, व्यक्तित्व विकास र रोजगारीको व्यवस्था गर्न समृद्ध नेपाल जरुरी रहेको बताइन् । उनले भनिन्, ‘समृद्धि, विकासबाटै रोजगारीका अवसर सिर्जना र जीवनस्तर उकास्ने मार्गचित्र नेकपासँग मात्रै छ ।’

पोखरा २१ कृष्ती, निर्मलपोखरीमा युवा तथा विद्यार्थी परिचालन कमिटी र बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेका छन् । अर्जुन भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय युवा तथा विद्यार्थी परिचालन कमिटी र निर्मलबहादुर अधिकारीको संयोजकत्वमा १ सय १ सदस्यीय बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेको नेकपा कास्की २ चुनाव प्रचारप्रसार समिति सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखराको विकास र समृद्धिको जग नेकपाले राखेकाले यसको मूर्त रुप पनि नेकपाले मात्रै निर्माण गर्न सक्ने जिकिर गरे ।
संवेदना होइन, योग्यताले मैदानमा ः कुसुम
नेकपा कास्की २ को भेलाले २ सय ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । भेलामा नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिबिम्ब रहेको औंल्याइन् । उनले विद्या आफ्नै क्षमताले उम्मेदवार बनेको उल्लेख गरिन् । कुसुमले भनिन्, ‘संवेदनाले मात्रै उम्मेदवार हुनु भएको होइन । उहाँमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ ।’ विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरी पार्टीले उम्मेद्वार बनाएको उनले उल्लेख गरिन् ।
यसैगरि,पोखरा कमिटी – १५ मा पनि दिनहुँजसो घरदैलो जारी छ । आइतबार ठूली मजुवामा चुनावी घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभामा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले नेकपाको सरकार भएकै बखत ठूला योजना सुरु भएको र त्यसलाई अनुमोदन गर्न नेकपा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । वडामा थपबहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय ठूली मजुवा टोल निर्वाचन परिचालन कमिटी बनेको छ ।
चुनावी अभियानअन्तर्गत पोखरा ३३ मा भएको जनजतिको भेलाले सन्देश पुनको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको र नेकपा निर्वाचन परिचालन कमिटी पोखरा–१६ मा गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको पनि नेकपाले जनाएको छ ।
विद्यालाई कलाकारको साथ
चुनावी मैदानमा होमिएकी नेकपा उम्मेदवार विद्यालाई सांस्कृतिक प्रस्तुतिसहित कास्कीका कलाकारले मत मागेका छन् । दिनहुँजसो हुने चुनावी घरदैलो तथा कोणसभामा सांस्कृतिक नृत्य तथा गायनको माध्यमबाट कलाकारले नेकपालाई मत दिन आग्रह गरिरहेका छन् । गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दहाल, तारापति सुवेदी, कृष्ण भण्डारी, शिवहरि ढुंगाना लगायत थुप्रै कलाकार चुनावी अभियानमा रहेको सांस्कृतिक संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->