शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जग्गा बाँड्ने सपना देखाउँदै नेकपा

जग्गा बाँड्ने सपना देखाउँदै नेकपा


  • ढोरपाटन संबाददाता
  • मंसिर ६ २०७६, शुक्रबार

पोखरा,६ मंसिर – पोखराको पृथ्वीचोक बसपार्कमा झर्ने बित्तिकै देखिन्छ भूमिहीनको वस्ती । पोखराका विभिन्न भागमा भूमिहीनहरु यसरी घर, टहरा बनाएका बस्दै आएका छन् । उनीहरुका अनेक समस्या छन् । देशभरकै भूमिहीनका समस्या समाधान गरी सबै नेपालीलाई भूमि दिने उद्देश्यले हालै सरकारले कानुन निर्माण गरेको छ ।
उपचुनावका लागि घरदैलोमा पुगेका उम्मेदवारलाई यसरी बसेका भूमिहीनले चाडै समस्या समाधान गर्न माग गरिरहेका छन् । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले देश सबैको साझा भएकाले कोही नेपाली भूमिहीन हुन नहुने बताएकी छन् । उनले अबको १ वर्षभित्र सबै सुकुम्बासीले जग्गा पाउने उल्लेख गरिन् । भट्टराईले भनिन्, ‘सरकारले यसका लागि कानुन बनाइसकेको छ । अबको १ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् ।’
मंसिर १४ गते निर्वाचन हुने विभिन्न वडाका भूमिहीनलाई उनले नेकपा सरकारले सुकम्बासीका समस्या सधैंका लागि समाधान गर्ने आश्वासन दिइन् । सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या नसुल्झिएसम्म समृद्ध नेपालको कल्पना गर्न नसकिने उनको भनाइ छ ।
मुलुकको कुनै पनि स्थानमा आफ्नो नाममा जग्गा नभएका एवं १० वर्षदेखि निरन्तर बसोबास गरी आएका नागरिकलाई जग्गाधनी बनाउने पार्टी र सरकारको अभियान चाडै पूरा हुने उनले बताइन् । तत्कालीन एमाले नेतृत्वको ९ महिने सरकारका अवधिमा प्रदान गरिएको ‘सेतो’ लालपुर्जा चाडै रातोमा परिणत गरिने विश्वास दिलाइन् । उनले भनिन्, यसले मुलुका २ दर्जाका नागरिक भएको अवस्था पनि अन्त्य हुन्छ । आफू सुकुम्बासी आयोगको अध्यक्ष हुँदा काम नगरी अहिले आश्वासन बाड्नेका कुरा तपाईहरु कसरी पत्याउनुहुन्छ ? हामी आश्वासन होइन, काम नै गर्छाैं ।’
कास्की २ मा पर्ने पोखराका वडा नं. ४, ७, ८, ९, ११, १५,१६, १७, २०, २१ र ३३ गरी ११ वटा वडामा नै धेरे थोरै सुकुम्बासी बस्ती रहेको नेकपा कास्की सदस्य ओम पौडेलले जानकारी दिए । पोखरामा मात्र ३ हजार ५ सयभन्दा बढी सुकुम्वासी परिवार बसोबास गर्दै आएको उनको भनाइ छ ।नेकपा उम्मेदवार भट्टराईले आफ्नो कर्मथलो भरतपोखरी र पूरै कास्कीका जनताप्रति अगाध विश्वास रहेको जनाएकी छन् । बिहीबार भरतपोखरीमा भएको घरदैलो र कोणसभामा उनले विश्वासबाटै संसार जितिने उल्लेख गरिन् । उनले भनिन्, ‘विश्वासभन्दा ठूलो केही छैन । नेकपाले गरेका काम, सरकारका गतिविधि र हाम्रो भूमिकाले यो विश्वासलाई थप दरिलो बताएको छ ।’ उनले पोखरा महानगरमा पछि थपिएका ग्रामीण भागमा चाडै महानगरलाई आवश्यक पूर्वाधार र सेवा, सुविधा विस्तार गर्ने प्रतिवद्धता पनि जनाइन् ।
नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहिनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने उल्लेख गरे । उनले भने, ‘कानुन कार्यान्वयन गर्दा खराब काम गर्ने आफ्नै नेताहरु पनि कारवाहीमा परेका छन् । लोकतन्त्र, विधिको शासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन ।’
कार्यक्रममा पोखरा ३३ का चुनावी कमान्डर भीम कार्की, नेकपा नेताहरु धनराज आचार्य, विजयबाबु वनबासी, शंकर केसी, रश्मी आचार्य, नेकपा ३३ अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन, नीलराज आचार्य, मनोहर आचार्य, यज्ञप्रसाद आचार्य, टुकराज भण्डारी, सूर्य गुरुङ, खुमबहादुर गुरुङ लगायतले बोलेका थिए ।

२० मा भेला, ११ मा ¥याली
पोखरा २० मा बिहीबार दलित तथा उत्पीडितको भेला भएको छ । भेलाले टीकाराम विकको संयोजकत्वमा ६१ सदस्य दलित तथा उत्पीडित निर्वाचन परिचालन कमिटी गठन गरेक छ । त्यस्तै वडा नं. २० अन्तर्गत भलाम, ¥यालेचौर तथा मौजामा दलित तथा उत्पीडित निर्वाचन परिचालन कमिटी अन्तर्गत ११ वटा टोल कमिटी समेत गठन गरिएको निर्वाचन कमान्डर विश्वप्रकाश लामिछानेले जानकारी दिए ।
पोखरा ११ मा नेकपाका मोर्चा

जनवर्गीय संगठनहरुको संयुक्त ¥याली र सभा भएको छ । सभामा नेकपा कास्की सहइन्चार्ज श्रीनाथ बरालले सामाजिक न्यायसहितको विकास र समृद्धि कम्युनिस्ट नेतृत्वमा मात्र सम्भव हुने बताए । कार्यक्रममा चुनावी कमान्डर चूडामणि जंगली, प्रदेश कमिटी सदस्य क्या. लालकाजी गुरुङ्ग, जिल्ला कमिटी सदस्यहरु रुद्रबहादुर विश्वकर्मा र रक्षा भट्टराई, आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष चेतबहादुर गुरुङ्ग, जिफन्ट प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले बोलेका थिए ।
नेकपा निर्वाचन परिचालन कमिटी तथा विभिन्न भातृ संस्थाको आयोजनामा पोखरा १६ मा पैदल यात्रा आयोजना गरियो । केआइ सिंहपुलबाट सुरु भएको पैदल यात्रा सुन्दर फिड, दीप, अमरदीप, क्याम्पस गेट हुँदै लामाचौर चोकमा पुगेर सकिएको हो ।
यसैबीच, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले सामाजिक संस्थाको आयोजनामा भएको कार्यक्रममा सरिक भएकोमा निर्वाचन आचारसंहिता उल्लंघन नगरेको जनाएका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले पूर्वाग्रही ढंगले प्रचार नगर्न आग्रह गर्दै सबै वडावासीको अभिभावक र प्रतिनिधिको भूमिका निर्वाह गर्न कदापिन नचुक्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->