शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जनताभन्दा माथी कोही पनि हुन सक्दैन: बाम उमेदवार शाही

जनताभन्दा माथी कोही पनि हुन सक्दैन: बाम उमेदवार शाही


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७६, शुक्रबार

बागलुङ, ६ मंसिर – संयुक्त बाम गठबन्धनको चुनावी प्रचार प्रसार जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ। बिहीबार तमानखोला गाऊपालिका वडा नं. ५ खुङ्खानीमा चुनावी सभा सम्पन भएको छ । कार्यक्रममा बोल्दै साझा बाम उमेदवार खिमबिक्रम शाहीले कसैले तानशाही प्रकारले जनतालाई दमन गरे पनि आखिर जीत सत्यको नै हुने र जनता भन्दा माथी अरु कोही हुन नसक्ने बताएक । शाहीले खुङ्खानीको जनताको पिडा आफुले बुझेको र यसको निराकरण गर्न आफु हरपल लागीपर्ने प्रतिबद्ध ब्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एबं गण्डकी प्रदेश सह इन्चार्ज तथा संधियत सांसद योसोदा सुबेदी गुरुङले हस्तक्षेपकारी प्रतिक्रियाबादी शक्तिहरूले प्रतिगमन पुन आगमन गराउनको लागी फुटाऊ र हत्याऊ गर्ने निती लिएको कारण बाम गठबन्धनको जित अपरिहार्य रहेको बताईन ।कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशसभाका सांसद पियारी थापाले दलित जनजाति र महिला अधिकार संगै पिछडिएको समुदायको सबाल ऊठाऊन खिमबिक्रम शाहीलाई बिजय बनाऊन अनुरोध गरिन।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सचिब गोबिन्द नेपालीले राष्ट्रियताको रक्षासंगै अधिनायकबादको समुल रुपमा अन्त्य गर्दै गाऊँ देखी प्रदेश हुदै केन्द्रसम्म बास्तबिक प्रजातन्त्रको महसुश गर्न बाम गठबन्धनलाई बिजय गराउन आग्रह गरे । प्रदेश सभाका सांसद चन्द्र बहादुर बुढा सागर, ने क पा का जिल्ला सदस्य सेरमान घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य देब बहादुर पुन, प्रतिमान श्रीपाली लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन बन, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, ने क पा तमानखोला गाऊपालिका अध्यक्ष नरेन्द्र छन्त्याल, सचिव लिल ब पुन, अन प्रशाद बिक, रमेश बिक्रम शाही, राम प्रसाद चालिसे लगायतका नेता तथा कार्यकर्ताहरुले शाहीको जीत नै सवैको जीत भएको वताए । कार्यक्रम निर्वाचन परिचालन समितिका संयोजक नर बहादुर श्रीपालीको अध्यक्षता, पविराज बिकको स्वागत र बिर बहादुर गोतामेको सन्चालन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->