शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड

अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७६, शनिबार

बाग्लुङ, ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले बताए । बुर्तिबाङमामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक ढिक्का भएर अगाडि बढौं ।’
अध्यक्ष प्रचण्डले कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताए ।यो मान्य छैन र यसका निम्ति जुनसुकै पहल गर्न आफूहरु तयार रहेको भनेर सरकारले प्रष्ट पारेको र त्यसअनुसार परराष्ट्र मन्त्रालयले पत्रचार पनि गरेको बताए ।बाग्लुङ २ ख को उपचुनावमा नेकपाले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई भोट माग्दै उनले विकासे आयोजनाहरुको आश्वासन दिए । उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना अगाडि बढाउने, सालझण्डी ढोरपाटन लगायतका सडक निर्माण र स्तरोन्नतीका लागि पहल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->