
बागलुङ, ८ मंसिर– नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री ओली सरकारको राष्ट्रबादी नभएको जिकिर गरेका छन् । भारतले सिमा मिचेको कालापानीमा पुगेर ओलीको राष्ट्रवाद सकिएको भन्दै देउवाले सरकार सर्मपणबाद तर्फ उन्मुख भैरहेको बताए । नेपाली काँग्रेसले बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अहिलेको सरकारले राष्ट्रियता प्रति कुनै चासो नदेखाएको आरोप लगाए । उनले भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको नक्सामा नेपालको भाग मिसाएको बारेमा सरकार अहिले सम्म बोल्न नसकेको भन्दै सरकारको राष्ट्रबाद कालापानीमा गएर टुंगिएको बताए । ‘देश दुई तिहाईले लुटी सके’ देउवाले भने, ‘राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नै केपिवलीको राष्ट्रबाद देखिई सकेको छ । जनतालाई साथ भन्दा पनि दुःख दिने काम बढदै गएको छ । उनको राष्ट्रबाद कालापानीमा गएर लम्पसार परिसक्यो ।’
उनले देशको विकास र हरेक मुद्धाको निकास दिनका लागि अब काँग्रेसलाई जनताको साथ चाहिने बताए । ‘काँग्रेस फुर्सा कुरा गरेर हिड्दैन् काममा जोड दिन्छ’ देउवाले भने, ‘हरेक स्थानमा भ्रष्टचार बढ्दै गएको छ । सरकार काम ग¥यौं भनेर हिड्छ । त्यो पनि हाम्रा पालमा गरेका कामलाई देखाउँछ । खोई नयाँ काम ?’
पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले उत्तरगंगा जलाशययुक्त आयोजना बागलुङ तर्फ नै निर्माण गर्न काँग्रेस लडेर लाग्ने बताए । साथै पश्चिम बागलुङका छुट्टै जिल्लाको मागलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए । पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउने त्यस क्षेत्रका कांग्रेस नेताहरुले आवाज उठाउँदै आएका छन् । उनले मध्यपहाडी लोकमार्ग र सालझण्डी सडकखण्डका निम्ती काँग्रेसको तर्फबाट दवाव सिर्जन ागर्ने बताए । उनले पश्चिम बागलुङको निम्ती काँग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई आफ्नो अमुल्य मत दिएर जिताउनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको बताए । सरकार राम्रा भन्दा पनि नराम्रा काम गदै गएको छ नेता पौडेलले भने ‘यस्तै चालले अबको तिन वर्षमा देश पुर्ण खतरामा जाने संकेत देखिएको छ ।’ उनले गाउँ गाउँमा सरकारको विरोध भै रहेको हुँदा अबको दिनमा केपिवलीले कुटनितिक क्षमता पर्दशन गर्न नसक्ने बताए । त्यस्तै कार्यक्रममा काँग्रेस महामन्त्री डा. शंकर भण्डारीले आफ्ना उम्म्ेदवारलाई जिताए मात्र आफ्नो गाउँ समाजमा समृद्धि आउने बताए । चुनावी सभामा काँग्रेसका युवा नेता गगन कुमार थापा, प्रदिप पौडेल लगायतले बोलेका थिए ।





