शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विकास र समृद्धिको लागि बामगठबन्धन : सचिव नेपाली

विकास र समृद्धिको लागि बामगठबन्धन : सचिव नेपाली


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

बुर्तिबाङ (बागलुङ), ११ मंसिर – उपनिर्वाचन प्रचारको अन्तिम दिन संयुक्त बामगठबन्धनले बुधवार अधिकारीचौरको बुढाथोकमा अन्तिम चुनावीसभा समपन्न गरेको छ । सभामा वोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश सचिब गोबिन्द नेपालीले विकास र दिर्घकालिन समृद्धिको लागि बामगठबन्धन कायम गरिएको बताए । राष्ट्रिय जनमोर्चाले विकास र समृद्धिको साथमा राष्ट्रियताको सवालमा सम्झौताहीन संघर्ष गरेकाले आफुहरुले बामएकता कायम गरेको बताए । समृद्धिका लागि कम्युनिष्टहरु एकतावद्ध भएर अगाडि बढेको वताउदै नेपाली उपनिर्वाचनमा साझा बाम उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गरे । यो चुनाव विकास र समृद्धिका लागि हो, त्यसको औचित्य जनमतबाट पुष्टी हुनेछ, सचिव नेपालीले भने, प्रदेशसभा सदस्य स्व. टेकवहादुर घर्तिका अधुरा सपना पुरा गर्न पनि शाही जित अनिवार्य छ ।
कार्यक्रममा साझा बाम उमेदवार खिमबिक्रम शाहीले निसी, भुजी र तमानको जनताको आफु साझा उमेदवार भएको कारणले निर्धक्क भएर गिलास चिन्हमा मतदान गर्न आग्रह गर्दै निर्वाचित भएर आफु जनताको घरदैलोमा नै रहने वताए । कार्यक्रममा स्व. टेक बहादुर घर्ती की धर्मपत्नी सुनमाया घर्तीले टेक ब घर्ती मगरको सपना पुरा गर्न आफुहरुले खिमबिक्रम शाहीलाई साझा उमेदवारको रुपमा लिएर आएको भन्दै सबैले गिलासमा मतदान गर्न आग्रह गरिन ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले गाऊँ बस्तीको हरेक समस्याको समाधान गर्न बाम गठबन्धनको विजय अनिवार्य रहेको बताउदै विकासका लागि नेकपाको विकल्प नरहेको वताए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सेरमान घर्ती, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्यव समितिका संयोजक राजेन्द्र ढुंगाना लगायतले मन्तव्य राख्दै बाम उम्मेदवारलाई अध्याधिक मतका साथ विजयी गराउन सवैलाई अपिल गरे ।
कार्यक्रममा प्रदेश मामिला समिती सभापति कृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, प्रदेश समिती सदस्य मोहनलाल शर्मा, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म बहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सदस्य लाल बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, जिल्ला उपाध्यक्ष दुर्गादेबी घर्ती, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता दल बहादुर घर्ती, युवा नेता रमेश बिक्रम शाही, राम प्रसाद चालिसे लगायतका नेताहरुले चुनावमा विपक्षी दल काँग्रेसले फिजाएको आरोपहरुको खण्डन गर्दै शशक्त प्रतिकार गर्न सवैलाई आब्हान गरे । कार्यक्रम लक्षमण पुनको अध्यक्षता, रामराज रेग्मीको स्वागत र सुनिल कुमार घर्तीको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->