बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए । घाइते तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको र उद्धार कार्य जारी रहेको स्थानीयले जानकारी दिएका छन्। घाइते ३ जनालाई बुर्तिबाङ जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाउने तैयारी भैरहेको प्रहरीले जनाएको छ ।





