बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बडिगाड जिप दुर्घटना : मृत्यु हुनेको पहिचान भयो

बडिगाड जिप दुर्घटना : मृत्यु हुनेको पहिचान भयो


  • Dhorpatan News
  • मंसिर १७ २०७६, मंगलबार

 

बागलुङ,१७ मंसिर –बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उनकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् । यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।घाइते नवलपरासीको बर्दघाट नगरपालिका २ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ का ३८ वर्षका हिमाल कार्की र २४ बर्षका निमा केसीको ढोरपाटनमा रहेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेकोमा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए।
गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसी खोलागाउँपालिका तर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १ बालक सहित ९ महिला र ४ जना पुरुष जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->