आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा प्रेस संगठनको एकता टुङ्गियो

बागलुङमा प्रेस संगठनको एकता टुङ्गियो


  • Dhorpatan News
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ,१९ मंसिर – प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया बागलुङ जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको बागलुङ जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा चयन भएका छन । संगठनको सह–संयोजकमा भने साविक प्रेस सेन्टरका अध्यक्ष राम थापा चयन भएका छन ।

बुधबार बसेको दुवै संगठनका जिल्ला कमिटिको संयुक्त वैठकले एकता प्रक्रिया टुंगाएको हो । संगठनका सदस्यहरुमा नविन शिशिर बि.क, सिर्जना पन्त, रविना बोहरा, सुवास गौतम, तारानाथ आचार्य, बालकृष्ण सुवेदी, अर्जन कार्की, सरिता खत्री, थम्मन थापा, खगेन्द्र बि.क, कृष्ण कंडेल, आइशा आचार्य, मित्र खरेल, दिनेश शर्मा, सुमन सुनार, कृष्ण पोखरेल, विमल खड्का, अनिष खाती, योगेन्द्र बिश्वकर्मा, पूर्णभद्र न्यूरे, साधना पन्त, विक्रम शुनार, झरना कंडेर्ल चयन भएका छन् ।
यस अघि प्रेस संगठन नेपालको केन्द्रिय कमिटिले जिल्लागत रुपमा एकिकरण प्रक्रिया टुंगाउन बनाएको मापढण्ड बमोजीम बागलुङ जिल्ला कमिटिको एकिकरण टुंगीएको हो ।
एकिकरणका लागि बसेको बैठकमा केन्द्रिय अनुशासन आयोग सदस्य कोपिला कंडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष दिल शिरिष विशेष उपस्थिति रहेको थियो ।

यस अघि केन्द्रिय कमिटिको निर्णय अनुसार कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्वकमिटीका अध्यक्ष÷संयोजकहरु नै रहने व्यवस्था गरिएको थियो । संगठनले पूर्वअध्यक्ष÷संयोजक कमिटीमा बस्न नमिलेको वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा मात्र सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्णय गरेको थियो ।

केन्द्रिय कमिटिको निर्णय अनुसार सिफारिस भएको जिल्ला कमिटिलाई अनुमोदनका लागि प्रदेश कमिटिमा पठाईने संयोजक उमाकान्त शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->