बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सडकले नास्यो मौलिक सम्पदा

सडकले नास्यो मौलिक सम्पदा


  • ढोरपाटन संबाददाता
  • मंसिर २१ २०७६, शनिबार

म्याग्दी, २१ मंसिर – २०६५ सालयता म्याग्दीका ग्रामिण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसंगै जिल्लाका मौलिक सम्पदाहरु नास भएर गएका छन् ।

मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इन्जिनियर बनेर विना सर्भे र योजना खडक खनिदा ग्रामिण क्षेत्रमा इतिहाँसको साक्षी बनेर रहेका ऐतिहाँसि पाटी—पौवा भत्काइएको छ भने चौतारी र पोखरीहरु पुरिए पछि ग्रामिण सौन्दर्य नै हराएको छ ।

सडक सुविधाको पहुँच बिस्तारसँगै ऐतिहाँसीक महत्वका पाटी, पौवाहरूको अस्तित्व संकटमा परेको छ । सडक र होटल सुबिधा नभएको समयमा वटुवा र तिर्थयात्रीहरूका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवाहरू संरक्षणको अभावमा संकटमा परेका हुन् ।

जिल्लाको बिभिन्न ठाउँमा रहेका एक सय वटा भन्दा बढी यस्ता पाटी पौवाहरूको अस्तित्व संरक्षण र उपभोगको अभावमा संकटमा परेका जेष्ठ नागरिक सेवा समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए । त्यसैगरी बेनपा ९ गलेश्वरका पं भीमनाथ पराजुलीले यात्रुहरुको सुविधाका लागि बनाइएका पाटी पैवा र चौतारीहरु पछिल्लो समय सडक विस्तारका नाउँमा भत्काइनु आफ्नो मौलिकतामाथि प्रहार गर्नु हो भने । उनका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्धारको रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौं पाटी पौवाहरू लोप भइसकेका छन् ।

मोटरबाटो र होटलहरूको बिकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको ताकमका वयोवृद्ध बृद्धीप्रसाद सुवेदीले बताए । परिवर्तीत समयअनुसार ग्रामिण पहिचान झल्काउने यस्ता सम्पदाहरूको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उनको गुनासो छ ।

‘ग्रामिण पहिचान झल्काउने पाटीपौवाहरू अहिले उपभोग हुन नसकेपछि भविष्यमा यसको महत्व हुनसक्छ’ सुवेदीले भने । पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटलहरू थिएनन् । पाटीपौवाहरूमा बास बस्ने चलन थियो । सुवेदी भन्छन् ‘ठाँटीमा बास बस्ने चलन हराएपनि यस्ता सम्पदाहरूको संरक्षण हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->