पोखरा, २४ मङ्सिर – गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले मुलुकमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि कानून, नीति र कार्यक्रम प्रभावकारी कार्यान्वय आवश्यक रहेको बताएका छिन ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा मंगलवार पर्यटकीय स्थल काहुँडाँडामा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले सवै खाले हिंसाको अन्त्यका लागि घरघरबाट अभियान शुरु गर्नु पर्नेमा जोड दिईन ।
मुलकको विकट क्षेत्रस्थित दुरदराजका महिलाले अहिले पनि परिवर्तनको महसुस गर्न नपाएकोे उल्लेख गर्दै उहाँले महिलाहरु धार्मिक, आर्थिक, राजनितीक एवम् सामाजिकरुपमा असुरक्षित रहेको बताईन ।
समाजमा जातिय एवम् गरिविको आधारमा हुने विभेदको अन्त्य गरि समानता कायम गर्न सामुदायिक वनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उपसभामुख शर्माले महिला सशक्तरुपमा अघि बढनु पर्ने स्पष्ट पारिन ।
सामुदायिक वन समुहका हक अधिकारका लागि संघ, प्रदेश र स्थानीय तहको कानून बाँझिन नहुने उल्लेख गर्दै उनले हक अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प खोजिनु पर्ने विचार व्यक्त गरिन ।
सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले उपभोक्ताको सकृयतमा संरक्षण तथा प्रवद्र्धन गर्दै आएका वन समूहलाई वन पैदावार निकासीमा तेहेरो कर लगाउनु उचित नभएको बताए ।
महासंघ केन्द्रीय सदस्यव्दय सरिता कुमाल र सुनमाया नेपालीले हिंसा सहदा पिडकलाई प्रोत्साहन हुने बताउँदै मुलुकबाट लैङ्गिक हिंसा अन्त्य गर्नका लागि सवै क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।
समानताको पुस्ता ः वलात्कार विरुद्ध एक्यवद्धता भन्ने मूलनारा यसको अभियान अन्तर्गत आयोजित कार्यक्रमा सो वडाका १० सामुदायिक वन समुहका उपभोक्ताको सहभागिता रहेको थियो ।
महासंघ जिल्ला अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा ११ का अध्यक्ष हर्कमान विश्वकर्मा, प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, जिल्ला उपाध्यक्ष चुडामणी अधिकारी, महासंघका महानगर अध्यक्ष कमलमणी त्रिपाठी, सचिव पार्वती अधिकारी, जमुना बास्तोला र खेमराज आचार्य लगायतले वन समुहको अधिकार स्थापित गर्न महासंघ आन्दोलित भएको धारणा राखे ।





