आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रेममा धोका पाएपछि प्रेमिकाले काटिदिइन् आफ्नै प्रेमीको यौनाङ्ग

प्रेममा धोका पाएपछि प्रेमिकाले काटिदिइन् आफ्नै प्रेमीको यौनाङ्ग


  • Dhorpatan News
  • मंसिर २५ २०७६, बुधबार

काठमाडौं, २५ मंसिर – प्रेममा धोका पाएपछि काठमाडौंको कपनमा एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन्। गएराति आफ्नै कोठामा बोलाएर ती युवतीले आफ्नै प्रेमीको लिंग काटिदिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए। युवक र युवतीको नाम गोप्य राखिएको छ। हायात होटलमा काम गर्ने ती युवकको अवस्था चिन्ताजनक रहेको छ। उनको ओम अस्पतालमा उपचार भइरहेको छ। उनीहरुबीच एक वर्ष देखि प्रेम चल्दै आएको थियो।
प्रहरीका अनुसार एक हप्ता अघि युवकले घरायसी कारण देखाउँदै विवाह गर्न नसक्ने जनाएका थिए। अन्तिम पटक भेटुम् भन्दै ती युवतीले कोठामा बोलाएर युवकको लिंग काटिदिएको कपनकी प्रहरी निरीक्षक सुरक्षा केसीले जानकारी दिइन्। युवतीले आफ्नो हात पनि काटेकी छिन्। उनको पनि प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->