पोखरा,२७ मंसिर – कास्की निर्बाचन क्षेत्र न २ प्रतिनिधि सभा उप निर्बाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बाट नब निर्बाचित साम्सद बिद्या भट्टराई अधिकारी आफ्ना मतदाता भेटघाट गर्दै पोखरा २१ कृस्ती पुगेकी छन। भट्टराई कृस्तिको रामदी पुग्दा स्थानीय हरुले बाजागाजा सहित स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए। मतदातासंग उनले आफू विषम परिस्थितिमा उम्मेदवार बनेको भन्दै समृद्धिका अपुरा सपना पूरा गर्ने बताइन। सांसद भट्टराईले अनेकन झुट्टा प्रचार र अबिबेकी तत्वहरुलाइ सधैं पाखा लगाउन सो क्षेत्रमा जनताले साहसिक र बिबेकी निर्णय गर्ने गरेको भन्दै आगामी दिनमा आफुले गरेका प्रतिबद्धता पूरा गरेरै छोड्ने बताइन। आफु जनताको हित र बिकास सर्बोपरी ठान्दै प्रभावकारी भुमिका प्रस्तुत गर्न निरन्तर जनताको सुझाव र सल्लाह प्रमुख हुने भन्दै उनले अब आफू सबैको साझा भएको र बिकास पनि सबैको साझा हुने हुँदा सबै जनतालाई बिकासको यात्रामा सहभागी हुन आग्रह गरिन। आफ्ना लागि कोहि जनता पराइ नहुने भन्दै भट्टराईले बिकास बाहेक अरु कुनै सपना नभएको बताइन । सो अबसरमा स्थानियहरुले कुनै कुतत्वको प्रभावमा नपरी बिगतमा रबिन्द्रले भन्दा प्रभावकारी काम हुनेमा आफुहरुले बिश्वास लिएको भन्दै बिना संकोच निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएका थिए। “कस्ले के भन्छन त्यो हाम्रो सरोकार होइन कस्ले के गर्छन त्यो हाम्रो सरोकार हो। त्यही हुनाले हामिले बिद्यालाई मनै देखि रोज्यौ। उनले राम्रो काम गरुन्जेल रोजि रहने छौ। ” स्थानिय ध्रुब लामिछानेले भने। भट्टराई शुक्रवार सो वडाका बक्रेक ,मट्टीखान ,बयली दोपहरे , लगायतका स्थानमा पुग्ने युबा नेता एबम प्रचार सह- सम्योजक झपट रानाभाटले जानकारी दिए।





