शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भारत बदलिएन, उसका स्वार्थ छन् : गगन

भारत बदलिएन, उसका स्वार्थ छन् : गगन


  • ढोरपाटन संबाददाता
  • मंसिर २८ २०७६, शनिबार

पोखरा, २८ मंसिर – नेपाली कांग्रेसका नेता गगन थापाले समयक्रममा सबै देश बदलिए पनि भारत नबलिएको बताएका छन् ।
‘यहाँ सबै बदलियो, भारत बदलिएन,२००७ सालदेखि भारतको आफ्नो स्वार्थ छ, उसले कहिले पञ्चायतलाई साथ दियो, कहिले कांग्रेसलाई पनि साथ दियो, माओवादी सुरुवातमा पनि सघायो’, आइएमई नेपाल लिटरेचर फेष्टिवलको क्रममा शनिबार पोखरामा भएको अन्तरक्रियामा बोल्दै उनले भने,‘ नाकाबन्दीयता आउँदा पनि भारत बदलिएको छैन, उसका स्वार्थहरु छन् ।’
उनले नेपालमा हाम्रो खुला सम्बन्ध भएका धेरै देश भएको चर्चा गर्दै उनीहरुसँगको खुला भेटघाट, वार्ता गर्ने कुरा हीनतावोध गर्न नहुनेमा जोड दिए । तपाईँ पनि अमेरिकाको सूचना केन्द्र हो भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले वार्ताको क्रममा विदेशीहरुले कतिपय अवस्थामा आफूहरुलाई र कहिले आफूहरुले उनीहरुलाई प्रभावित गर्न खोज्ने गरेको र आफ्नो कुरा प्रष्ट राख्नको लागि भेटवार्ता नै गर्न नहुने भन्ने मान्यता राख्न नहुने बताए ।
‘खुल्ला छलफल गर्दा डराएर भाग्नु पर्ने डराएर भाग्नुपर्ने, चाइनिज देख्नासाथ लुकी हाल्नुपर्ने र भारतीय देख्नासाथ भागिहाल्नुपर्ने ठान्नुहुन्छ र ?’,थापाले भने,‘नेपालमा कुनै खुफिया एजेन्सीले खेलेका छैनन् भन्ने पनि हैन, यहाँका सबै परिवर्तन हामीले गरेको हैन भन्ने कुरा पनि हुँदैन । ’ देशमा अस्थिरता बढ्दा कुटनीतिक क्षेत्र सक्रिय हुने पनि उनले सुनाए । नेपाल नेक्सस ः राजनीतिमा भूराजनीति विषयक अन्तरक्रियामा आफ्नै किताब नेपाल नेक्ससबारे कुरा गरिहँदा लेखक तथा कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले भने,‘ केही पुराना च्याप्टर फालिएका छन् र केही थपिएका छन् । बीचमा भएका च्याप्टरहरुलाई अध्यावधिक गरिएको छ । अंग्रेजीमा पनि आउनु पर्छ भनेर आग्रह गरिएपछि अंग्रेजीमा प्रयोगशाला आएको हो ।’ माओवादी आन्दोलनको आँखाबाट नेपाललाई चिहाउन खोजिएको किताब भएको बताउँदै उनले थपे,‘केही शक्तिकेन्द्रको चलखेल यहाँ समेटिएको छ ।’
गगन थापाले चाहिँ पुस्तक पढिरहँदा यहाँ शासक र प्रशासक मात्रै थिए भन्ने भान हुने बताए । पुस्तक पढ्दा सात दल र माओवादी मात्रै परिर्वतनका कारक हैनन भन्ने पनि लाग्ने, उसले उनलाई भेट्यो र त्यसैले परिवर्तन भयो भन्ने पनि लाग्छ तर त्यो मात्रै सबै नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->