बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भ्रमण वर्ष सफल पार्न…

भ्रमण वर्ष सफल पार्न…


  • कृष्ण प्रसाद शर्मा
  • पुष ८ २०७६, मंगलबार

रविन्द्र अधिकारीले पर्यटन मन्त्रालय समालेसँगै धेरै उत्साह थियो । छोटो समयमा उहाँ धेरै राम्रा कुराको बीउ रोपेर जानु भएको छ । अब अहिले आउनु भएका नयाँ पर्यटन मन्त्रालय समालेका योगेश भट्टराई जीले थप नयाँ गर्न नसके पनि रविन्द्र अधिकारीले रोपेको बीउ मर्न नदिए पनि ठुलो परिवर्तन आउने छ । यसै सन्दर्भमा सरकारले पर्यटन बर्ष घोषणा गरेको छ सन् २०२० का लागी । अब केवल एक हप्ता मात्रै छन् घोषणाको दिन आउन तर तयारी के कति भएको छ जानकारी छैन । भ्रमण बर्ष सफल पार्न नयाँ मन्त्रीले कुटनैतिक नियोगका मान्छेहरूलाई भेट्न क्रम देखिएको छ । यो राम्रो कुरा हो तर पर्यटन बर्षलाई सफल पार्न केही गर्नै पर्ने काम गर्न सकिएको छैन । पर्यटनबाट देशलाई मनग्य आम्दानी र रोजगार गराउने हो भने घरायासी पर्यटनले मात्रै पुग्दैन ।
केही महिना अघि लोन्ली प्लानेट नाम ट्राभल गाईड कम्पनीले नेपाललाई भ्रमण गर्नु पर्ने देशको सूचीमा राखेको थियोभने भर्खरै मात्रै बहुचर्चित पत्रिका फोर्सले पनि नेपाललाई यो दशकमा भ्रमण गर्नु पर्नेको सूचीमा राखेको छ । यि दुबै सकरात्मक सन्देश हुन तर नेपालको भुगोल र सिमानको आधार धेरै देशसँग सिमाना जोडिएको छैन र समुन्द्रसँग छोईएको छैन जसका कारण हवाई जाहज नै प्रमुख यात्राको माध्यम हो बिदेशी पर्यटकका लागी । गत हप्ता एक बेलायती महिला भ्रमण बर्षलाई सफल पार्न हिडेरै नेपाल पुग्ने भनेर समाचार दिएको थियो । त्यो पनि गतिलो सन्देश हो । यसको अलवा अझ थप गर्नै पर्ने केही काम छन् जुन गर्दा गुणात्मक र मात्रात्म दुबै हिसाबले फड्को मार्न सकिन्छ त्यो हो अन्तराष्ट्रिय आवद्दतामा रहेको कालो सूचीको नाम । यो बर्ष पनि अन्तराष्ट्रिय रुपमा केही बर्ष देखी केही देशका जहाजलाई ईयूले राखेको कालो सूचीमा नेपाली जहाजलाई पनि राख्दै आएको छ र यो कालो सूची यो पटक पनि हटेको छैन । यसले ठूलो असर गर्छ । गत बर्ष आईकावले राखेको कालो सूची हटाएर रविन्द्र अधिकारी स्वमं क्यानडा पुगेर त्यो प्रमाणपत्र ल्याउनुभाथ्यो तर ईयूको कालो सूचीलाई हटाउन त्यसमा रहेका शर्तहरू के–के हुन कसरी पुरा गर्न सकिन्छ त्यो आजैको मितिबाट लागेर भरमण बर्षको बीचमा हटाउन सके पनि निकै मात्रामा पर्यटक आउन सक्थे । बिदेशमा हुने नियोगले आमन्त्रण गरेका बिदेशीलाई दूताबासहरूले आग्रह गरेर वा व्यक्तिगत रुपमा आग्रह गरेर जाने कुरा फरक हो तर बिदेशीले कुनै पनि देशको भ्रमण गर्नु पर्व त्यो देशले त्यहाँ जान अनुमति दिएको छ वा छैन छभने अनि मात्र जान्छन् । भने जानु पर्व अध्यागमनको वभसाईटमै फलाना देशमा जाँदा यो खोप लगाएर जानु समेत भनेको हुन्छ ।
अर्थात् कुनै बिदेशी घुम्न कतै जाँदा धेरै कुराहरू हेरेर ढुक्क भएर मात्रै जान्छ । त्यसैले सरकारको पहिलो काम नै यो कालो सूचीबाट नेपाल हटाउन लाग्नु पर्छ । यस बाहेक अरू नयाँ तरिकाले पर्यटन भित्राउन बाटो खोज्नु पर्छ । सिङगापुरमा पर्यटक केवल देश सफा र सुन्दर छ भनेर मात्र जाँदैन त्यहाँ उपचारका लागी सस्तो एवं भरपर्दो उपचार पाईन्छ भनेर समेत जान्छ । यस्तै दूबईमा समेत भरपर्दो उपचार भएका कारण मेडिकल टुरिजमको आर्कषण छ । हामीले अहिलेसम्म केवल सगरमाथा र गौतम बुद्धलाई मात्र आफ्नो देशको प्रचारको प्रमुख औजार बनाएका छौं तर यसका अलवा नेपालमा अरु थुप्रै आकर्षणहरु समेत छन् । जसका मध्यामले हामीले यो भ्रमण बर्ष सफल पार्न सक्छौं । पर्यटन बर्ष मनाउन निजि क्षेत्रलाई भव्यताका साथ गर्न पर्यटनमन्त्रीले निर्देशन त दिनु भएको छ तर निजी क्षेत्रका कतिपय संस्थाले पर्यटन क्षेत्रको नै बदनाम गराएका छन् । नक्कली बिरामी खडा गरेर हिमालबाट रेस्क्यु गर्ने, सामान्य बिरामीलाई पनि ईमर्जेन्सीमा पठाएर सरकारबाट लाखौं असुल्ने साथै पर्यटकबाट पनि असुलेर बदनाम गराउनेहरू दण्डित हुनुपर्नेमा उल्टै झन झन शक्तिशाली भएका छन् । जुन कुराको पुष्टि यिनै एक दुई हप्ताका बीचका घटनाहरूले गर्छ ।
पर्यटन बर्ष आईसक्दा केवल मन्त्री मात्र तातेर अरु टीम शिथिल भए सफल हुन सक्दैन । गत हप्ता नेपाल एरलाईन्सले राम्रो गरेको भनेर कतै अवार्ड पाएको देखिएको थियो । एरलाईन्सले नेपाली जहाजमा एउटा सामान्य पत्रिकाको व्यवस्था गर्न सक्दैन । पत्रिका पढ्न बिजेनश क्लासकै टिकट काट्नु पर्ने । यहि हप्ता एक भारतीय पर्यटकको टीम नेपालमा आएर उतैबाट ल्याएका चामल, ग्यासँ बालेर खान खाँदै थिए । अब नेपालमा आउने यस्ता पर्यटकले सोचे अनुसार आम्दानी हुन सक्दैन िपर्यटन बर्षको माहोल अहिले अरु मुद्धाले ओझेल पार्दै गईरहेका छन् । जस्तो निजगढ बिमानस्थल लगायत मुद्धालाई सर्वच्चमा पुराएर रोक्ने आदेश समेत आईसकेको छ । यसरी अब आउँदै गरेको पर्यटन बर्षका बाहिर दूताबासहरुलाई समेत राम्रोसँग परिचालन गर्न सकेका छैन । बेलायतमा लण्डनको सेण्टजोन्स भुमिगत रेलस्टेशनमा टाँसिएको बुद्धको मुर्ति समेत अन्य देशको सिन राखिएको थियो । अहिले हटाएको हुन सक्छ ।
पर्यटन बर्ष आउँदै छ । राष्ट्रिय ध्वजाबाहक जहाजको हालत कस्तो छ । नयाँ किनेको जहाज नचलाईकन पुन बिक्री हुँदैछ । यो पनि करोडौं घाटा खाएर । बिमानस्थल २१ घण्टा चलाउने भनिएको छ तर बिदेशबाट कति जहाज थप आउँछन् त्यो अझै थाहा छैन । निजी जहाज कम्पनीले पर्यटन बर्षका लागी के कति सहुलियतमा जहाज उडाउने हुन अझै बहस भएको छैन । निजी बिमान कम्पनीसँग बसेर एउटा ठोस निर्णय नलिए सम्म पर्यटन बर्ष निजी क्षेत्रलाई भव्यताका साथ मनाईदिन भनेर मात्र पुग्दैन । पर्यटन बर्ष मनाउन काठमाण्डौमा लाखौं मान्छे उतार्ने जस्ता भनाई पनि आएका छन् तर यो भन्दा सबै प्रदेशका मुख्यमन्त्री र प्रदेशका पर्यटनमन्त्रीहरुसँग बसेर आन्तरिक पर्यटकलाई कसरी ल्याउने र प्रदेशमा कति समय राख्न सकिन्छ त्यो बारे छलफल भएको छैन । अझ सबै भन्दा ठुलो प्रश्न कुनै पनि पर्यटक बर्ष मनाउँदा त्यो पर्यटन बर्षमा आउने पर्यटक कम्तिमा कति दिन राख्न सकिन्छ र उसबाट कम्तिमा कति डलर खर्च गराउन सकिन्छ त्यो समेत बहसको बिषय बनेको छैन । त्यसैले पर्यटन बर्ष मनाउँदै गर्दा यि कुराहरू मुल हुन नसके सोचे अनुरुपम पर्यटन बर्ष सफल हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->