आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एसियाकै लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सकियो

एसियाकै लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सकियो


  • संजय रेग्मी
  • पुष १८ २०७६, शुक्रबार

पर्वत,१८ पुस –  पर्वत र बागलुङ दुई जिल्ला जोड्ने गरी निर्माण कार्य चलिरहेको एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलको झण्डै ८० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवावारिबाट बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी कालीगण्डकी नदीमाथि १ सय २२ मिटर अग्लो र ५ सय ६७ मिटर लामो हुने गरी निर्माण भइरहेको पुलको काम आउँदो चैत महिनासम्ममा पूरा गरिसक्ने गरी धमाधम काम भइरहेको निर्माण कम्पनी हिमशिखर कन्स्ट्रक्सनले बताएको छ ।पुल बनीरहेको पर्वत जिल्लातर्पmको भागमा रहेको पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले ठेक्का सम्झौता हेरेर भन्दा पनि तोकिएको समयभन्दा पहिले नै काम सक्ने गरी ठेकेदारले काम गरिरहेको बताए । ‘नेपाल भ्रमण बर्ष सन २०२० सुरु भएकै बेला बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भइरहेको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा आउन थालेको छ ।’ सुवेदीले भने, ‘७७ सालको असार महिनाभित्रमा काम सक्ने गरी ठेक्का सम्झौता भएको हो । हामीले भ्रमण वर्ष मनाइरहँदा यो पुललाई छिटो सकेर सञ्चालनमा ल्याउन सकियो भने पर्यटकहरु तान्नका लागि केही बल पुग्ने छ ।’

कम्तीमा पनि २८ ओटा लट्ठाहरू प्रयोग गरेर निर्माण भइरहेको पुलमा केही लट्ठा मात्र तान्न बाँकी रहेको र लट्ठा तानेपछि जाली तथा प्लेटहरू कस्ने काम हुने छ । एसियाकै लामो पुल भएका कारण संसारभरबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई एसियाकै लामो पुल हेरौँ भन्ने भावना जाग्ने भएकोले पुलकै कारण बागलुङ र पर्वत जिल्लामा घुम्ने तथा धार्मिक पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढ्ने अपेक्षा गरिएको उनले बताए । झन्डै ८० प्रतिशत काम पूरा भएको पुलको नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, पार्वत जन्मिएको भनी विश्वास गरिएको पाङ, पार्वती गुफा, सहस्रधारा, कालीगण्डकी नदीको बहाव लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन् । पुलकै छेउबाट धौलागिरी हिमालको सुन्दर दृश्य अवलोकन गर्ने सकिने भएकोले पनि त्यो दृश्यले पर्यटकहरु तान्ने अपेक्षा गरिएको वडाध्यक्ष सुवेदी बताउँछन् ।

पुल निर्माणपछि पर्वतको कुस्मा नगरपालिकाको पाङ्ग र बाग्लुङ्गको सदरमुकाम बाग्लुङ्गबजारवीच आवतजावतमा सहजता मात्र हुने मात्र नभइ पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण हुने छ । पर्यटकीय र कृषिको उर्वरभुमि मानिएको पाङ्ग, लगायत अन्य वडाहरूको विकासमा यसले टेवा पु¥याउने छ । सन २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहँदा उक्त झोलुङ्गे पुलले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई तान्न सहयोग गर्ने छ । पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । २०७७ सालको असार महिनाभित्रमा पुलको काम सक्ने गरी ठेक्का सम्झौता भएको भए पनि चैतभित्रमा निर्माण सकिने निर्माण कम्पनीले जनाएको छ । बागलुङ बजारबाट पाङ पुग्न पैदल मार्ग मार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । कालिगण्डकी नदी, मध्य पहाडी लोकमार्ग तथा कालिगण्डकी कोरिडोर माथि बन्ने भएकाले पुल पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ ।((

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->