बागलुङ, १० माघ– राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा जनवर्गिय संगठनहरुको संयुक्त कार्यशाला शुरु भएको छ ।
पार्टी र जनवर्गिय संगठनलाई क्रियाशिल र गतिशिल बनाउने उद्देश्य सहित २ दिने कार्यशाला शुक्रवार शुरु भएको हो । राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिका पूर्व सचिव कृष्ण अधिकारीले कार्यशाला उद्घाटन गरे । कार्यक्रमको उद्घाटनपछि बोल्दै अधिकारीले पार्टी संगठनलाई क्रियाशिल र गतिशिल बनाउने भनेकै जनबर्गिय संगठन भएकाले यिनीहरुलाई मजवुद बनाएर लैजान आवश्यक रहेको बताए । राजनीतिप्रतिको बितृष्णाका कारण पछिल्लो समयमा राजनैतिकदल र उनीहरुका कार्यक्रममा युवाहरु पनि लाग्न छाडेको उनको भनाई थियो ।
देशमा हुने बिभिन्न खालका बिदेशी हस्तक्षेपले राष्ट्रलाई कमजोर बनाउदै गइरहेको प्रति चिन्ताव्यक्त गदैै अधिकारीले बिदेशी हस्तक्षेपका बिरुद्ध सरकार मौन बस्न नमिल्ने बताए । हस्तक्षेप विरुद्ध युवाशक्तिहरु पनि एकजुट हुनुपर्ने बेला आएको उनको भनाई थियो । कार्यशालाले जिल्लाको पार्टी गतिविधीलाई उचाईमा पु¥याउन सहयोग पुग्ने आशा समेत व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय समितिका पूर्व सदस्य नरबहादुर पुन, अखिल नेपाल बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपालमजदुर संघका केन्द्रिय सदस्य बिष्णुप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा अखिल नेपाल उद्योग तथा व्यापार संघका केन्द्रिय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, रक्तिम सास्कृतिक अभियानका जिल्ला अध्यक्ष दानबहादुर थापा, जातीय समता समाजकाल जिल्ला अध्यक्ष नरबहादुर सुनार, अखिल छैठौका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डे र प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष रामनारायण सुवेदीले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला नेता गौरिश्वर पाण्डेको अध्यक्षता, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुवँरको स्वागत र तिलक थापाको संचालनमा सम्पन्न भएको थियो ।





