आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काठेखोलामा अध्यक्षकप बुधबार देखि सुरु

काठेखोलामा अध्यक्षकप बुधबार देखि सुरु


  • Dhorpatan News
  • माघ १६ २०७६, बिहिबार

बागलुङ, १६ माघ – काठेखोला गाउँपालिकामा पहिलो पटक अध्यक्षकप भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । बुधवारदेखि औपचारिक रुपमा प्रतियोगिताहरु सुरु भएका हुन् । वडा नं ३ को धम्जा देउरालीमा सञ्चालन हुने कार्यक्रमको बुधबार एक समारोहकाबिच गाउँपालिका अध्यक्ष अमर थापाले उद्घाटन गरे

कार्यक्रमको उद्घाटन गर्दै थापाले अन्य बिकासका पूर्वाधार जस्तै खेलकुद पनि बिकासको महत्वपूर्ण अंग भएको उल्लेख गरे । सस्कृति बिनाको समुदाय कल्पना गर्न नसकिने भन्दै थापाले गाउँपालिकाले खेलकुद र सस्कृतिको बिकासकालागि साझा पहल थालेको बताए । उनले झट्ट हेर्दा खेलकुद र सस्कृतिको संरक्षणमा भएको खर्च उपलव्धीमूलक नदेखिए पनि सामाजिक र आर्थिक बिकास दुवैकालागि आवश्यक रहेको बताए । गाउँपालिकाले वडा स्तरमा रहेका खेलाडि, प्रतिभा तथा सस्कृतिको पहिचान र संरक्षणकालागि पहिलो पटक अध्यक्ष कप तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य हिराबहादुर केसीले सास्कृतिक तथा खेलकुँदको माध्यामबाट स्थानीय सरकारहरुले आफ्नो पहिचान कायम गर्न सक्ने बताए । नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानकुमारी श्रीषले खेलकुदको बिकासकालागि आयोजना भएको कार्यक्रममा सबैको साथ सहयोगको आवश्यक हुनेमा जोड दिईन् ।

नेकपा काठेखोलाका संयोजक डिलबहादुर कार्की, नेपाली कांग्रेस काठेखोलाका अध्यक्ष ज्ञानराज कँडेल, राष्ट्रिय जनमोर्चाका गाउँ कमिटी अध्यक्ष लक्ष्मण पुन, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । कार्यक्रमको बिषयमा संयोजक टिका संगम बिकले जानकारी गराएका थिए । झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रममा बिभिन्न बिधाका प्रतियोगित्मक कार्यक्रमहरु आयोजना गरिएको छ । अध्यक्षकप भलिबलमा काठेखोला गाउँपालिकाका ८ वडा बाट १५ समूहको सहभागिता रहेको छ । त्यस्तै सोरठी नृत्यमा ७ समुह र काठेखोला लोकतारामा ४३ जनाको सहभागिता रहेको थियो । लोकताराका तीन चरण सम्पन्न भएर ७ जना अन्तिम चरणमा प्रतिस्पर्धाका लागि तयार भएको कार्यक्रम संयोजक टिका संगम बिकले बताए । माघ १८ गते सम्म सञ्चालन हुने प्रतियोगितात्मक कार्यक्रम अन्र्तगतका हाँजिरीजवाफ र काठेखोला गजल ताराको भने सहभागि दर्ताको समय बाँकी रहेकेले सहभागीको संख्या टुंगो लागेको छैन् । बुधबारनै सम्पन्न भएको सोरठी नाँच प्रतियोगितामा वडा नं ४ को तंग्राम ठुलो गाउँ समूह प्रथम, झुलेनी सामुदायीक होमस्टे धम्जा दोस्रो र शिवधुरी सामुदायीक होमस्टे बिहुँ तेस्रो भएका छन् । झण्डै एक दिन लाग्ने सोरठीको प्रस्तुतीका लागि २० मिनेटको समय तोकीएको थियो ।

गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकको स्वागत र मनोज कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिकाका सबै वडाले झाँकी तथा सांकृतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->