आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरायसी विवादमा कुटाकुट हुदाँ तमानखोलामा श्रीमानको मृत्यु, श्रीमती घाईते

घरायसी विवादमा कुटाकुट हुदाँ तमानखोलामा श्रीमानको मृत्यु, श्रीमती घाईते


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७६, शुक्रबार

बागलुङ, १७ माघ – घरायसी झगडामा श्रीमान श्रीमतीको कुटाकुट हुँदा बागलुङको तमानखोलामा एक जनाको मृत्यु भएको छ । कुटाकुटमा श्रीमानको मृत्यु भएको हो । तमानखोला गाउँपालिका १ बिसोकका ६४ बर्षका रबिलाल बिकको मृत्यु भएको हो । उनकै श्रीमती जमुना घाईते भएकी छिन् ।
२०७६ माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले पत्नी ६० वर्षीया जमुना विकलाई कुटपिट गरेपछि ज्यान जोगाउने क्रममा जमुनाले धकेल्दा ठोकिएको बताइएको छ । टाउको ठोकिएपछि उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक सुरज खड्काले बताए । उनीहरुको नियमित झगडा भैरहने गरेको छोराछोरीले प्रहरीमा बयान दिएका छन् ।
बिहिवार बेलुकी भएको घटनाबारे स्थानीयले शुक्रवार प्रहरीमा खवर गरेका थिए । उक्त जानकारी पाएपछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि बुर्तिवाङमा राखेको छ । घाइतेको उपचारका लागि बागलुङ पठाएको छ । उनको उपचारपछि घटनाबारे थप अध्ययन र अनुसन्धान गरेर कारवाही प्रकृया अगाडि बढाउने खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->