आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पृथ्वीनारायण क्याम्पस प्रशासन कार्यालयको मुख्य गेटमै तालावन्दी

पृथ्वीनारायण क्याम्पस प्रशासन कार्यालयको मुख्य गेटमै तालावन्दी


  • ढोरपाटन संबाददाता
  • माघ १९ २०७६, आइतबार

पोखरा, १९ माघ – मुलुककै सबैभन्दा ठूलो, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधिप्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट क्यु ए ए सर्टिफिकेट प्राप्त पोखराको जेठो र देशकै सवै भन्दा ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको समस्या सामाधान हुनुको सट्टा समस्या वढ्दै गएको छ । स्नातक र स्नातकोत्तर तहका ७० प्रतिसत कक्षाभारहरु श्रेणी विहिन (ज्यालादारी) रुपमा नियमित पढाईरहेका प्राध्यापकहरुले समान कामको समान ज्याला र मासिक रुपमा तलव पाउनु पर्ने माग राख्दै विगत एक हप्ता देखि पढाउन वन्द गरेका थिए । गत सुक्रवार देखि समस्या समाधान गर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका भिसीको प्रतिनिधीको रुपमा पृथ्वी नारायण क्याम्पसमा आएको तीन सदस्यीय कार्यदलको काम प्रति असन्तुष्ट व्यक्त गर्दै यहि अवस्थामा वार्तामा नवस्ने आशिंक प्राध्यापकको भनाई छ ।
आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमका अनुसार वार्ता टोली हामीमा परेको समस्या समाधान गर्न होईन समस्यालाई आलटाल गरेर झन समस्या थप्न आएको जस्तो देखियो । उनले भने–“कार्यदलले तयारी नगरी आएको जस्तो लाग्यो त्यसैले यहि अवस्थामा वार्तामा वस्दैमा समस्या समाधान हुदैन ।” शनिवार वेलुकी सात वजे कार्यदलसँग क्याम्पस प्रशासन र आशिंक प्राध्यापक विच पहिलो चरणको वार्ता भएको थियो ।
प्रशासन र कार्यदलको ढिलासुस्तिका कारण विद्यार्थीहरुमा नियमित रुपमा पढ्न पाउने अधिकार वन्चित भएकोमा पनि अध्यक्ष गौतमले दुख व्यक्त गरे । उनले भने–“हाम्रो आन्दोलनका कारण जे जती नियमित पठनपाठन वन्द हुन्छ हामी कुनै पनि हातलमा सवै कक्षालाई समस्या समाधान भए पछि अतिरिक्त कक्षा लिएर भएपनि पुरा गर्छौ ।” समितिका उपाध्यक्ष प्रकाशचन्द्र रेग्मीले विद्यार्थीको पढाईलाई समस्या समाधान पछि जसरी पनि चित्त वुझ्ने गरी कक्षा संचालन गर्ने जानकारी दिए । उनका अनुसार क्याम्पसमा अहिले १४ हजार विद्यार्थीले अध्ययन गर्छन् ।
क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्द्र वहादुर थापाले आशिंकको समस्या विशेष भएकाले जसरी पनि समाधान गर्नु पर्ने धारणा राखे । उनले भने–“समस्या हो तर केन्द्रले हाम्रो समस्यालाई हेर्ने नजर फरक भएकाले समस्याले बिकराल रुप लियो । ”
विद्यार्थीहरुले नियमित रुपमा समस्याको समाधान गर्नु पर्ने र पठनपाठन पनि नियमित गर्नु पर्ने भन्दै क्याम्पसको मुख्य प्रशासनको मुख्य गेटमा तालावन्दी गरेका छन् । स्वस्फुर्त रुपमा उत्रिएको विद्यार्थीहरुको भीडले नियमित पठनपाठन गर्नु पर्ने भन्दै नारावाजी सहित वार्ता तालावन्दी गरेका थिए । अनेरास्ववियूका क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकको मागलाई तत्काल व्यवस्थापन गर्नु पर्ने भन्दै कुनै पनि वहानामा विद्यार्थीको पढाई रोक्न नहुने धारणा राखे । उनले भने–“प्राध्यापकको समस्या प्रशासनले समाधान गर्ने हो तर विद्यार्थीको पढाई एक सेकेण्ड पनि रोकिनु भनेको निकै दुखद कुरा हो ।” भोली देखि नियमित कक्षा नभए विद्यार्थीको आक्रासवाट हुने कुनै पनि क्षती क्याम्पस प्रशासन वेहोर्नु पर्ने धारणा पनि उनले राखे ।
नेपाल विद्यार्थी संगठन क्याम्पस कमिटीको सभापती दिपक शर्माले विद्यार्थीको पढ्न पाउने अधिकार कुनै पनि हालतमा वन्चीत गर्न नहुने धारणा राखे । उनले भने–“प्रशासनले नियमित पढाईरहेका प्राध्यापकलाई व्यस्थापन गर्नु पर्ने भन्दै नियमित पढनपाठन गर्नु पर्छ ।” भोली देखि नियमित कक्षा संचालन नभए हुन सक्ने अप्रत्यासित क्षतीको जिम्मा प्रशासनले लिनु पर्ने पनि उनको भनाई थियो । उनले भने–“भोली देखि के नेविसंघ के अनेरास्ववियु सवैले विद्यार्थीको पढ्ने अधिकारको रक्षाका लागि प्रशासन सँग जोडदार रुपमा आन्दोलन गर्ने तयारी गरेका छौं, आशा गरौं हामी आन्दोलनमा उत्रन नपरोस् ।”
आन्दोलनमा सहयोग गरेको भन्दै आशिंक प्राध्यापक संघले प्राध्यापक संघ, प्रगतीशीत प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रजातन्त्रबादी प्राध्यापक संघ, विभिन्न वैचारिक संघ संगठनका प्रतिनिधीहरुलाई धन्यवाद समेत दिएको छ । विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आशिक प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् । संघका सचिव खिमानन्द पौडेलका अनुसार क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्दभएको सुचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन ।
पाठ्यक्रमले प्रस्ट रुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भएपनि मुस्किलले एक शैक्षिक सत्र मा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापकहरु पुरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन् । उनले भने–“यस हिसाबले सोही बराबरको कामगर्ने पुर्णकालिन प्राध्यापक को करिब १० प्रतिशत पारिश्रमिकमा नै आशिंक प्राध्यापकहरु सेवारत छन।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->