आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘धार्मिक पर्यटन मार्फत समृद्धि खोजौं’

‘धार्मिक पर्यटन मार्फत समृद्धि खोजौं’


  • Dhorpatan News
  • माघ २२ २०७६, बुधबार

बागलुङ, २२ माघ– धार्मिक पर्यटकीय स्थलको प्रबद्र्धन गरेर आर्थिक उन्नतीसँग जोड्नु पर्नेमा बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पूर्वाधारको बिकास र प्रचार प्रसार गर्न सके प्रसस्त सम्भावना बोकेका धार्मिक पर्यटकीय स्थलहरु नगरमा रहेको भन्दै बक्ताहरुले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
दमेकस्थित पश्चिमा देवता कमल जैसी मन्दिरमा हुने बार्षिक पुजा तथा बिबिध कार्यक्रमलाई सम्बोधन गर्दै जैमिनी नगर प्रमुख इन्द्रराज पौडेलले सांकार र संस्कृतिले मानिसलाई अनुसाशनमा राख्ने भन्दै त्यसको संरक्षणका लागि सबैको दायित्व उत्तिकै हुने बताए । धार्मिक पर्यटनमार्फत नगरको समृद्धिमा सहयोग पुग्नेगरी योजनाहरु बनिरहेको भन्दै पौडेलले सरकारले बनाएका पूर्वाधार संरक्षणको दायीत्व नागरिकमा हुने बताए । ‘उपयोग गर्ने पनि नागरिकले हो र संरक्षण गर्ने काम पनि नागरिककै हो’ पौडेलले भने ‘हामीसँग सम्पदा छन् प्रयोग गरिरहेका छैनौं ।’ उनले सबै धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको उपयोगमार्फत आर्थिक उपार्जनको बाटोमा लाग्न आग्रह समेत गरे ।
गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझाले परापूर्व कालदेखि चलिआएका सकरात्मक संस्कारलाई अंगिकार र नकरात्मक प्रभाव पर्ने खालका संस्कारहरुको परिमार्जन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, जैमिनी संकृतन समुहका सदस्य झपेन्द्र बहादुर क्षेत्री, उमाकान्त शर्मा लगायतले बोलेका थिए ।
धार्मिक पर्यटकीय स्थलको रुपमा पहिचाहन बनाईरहेको मन्दिरमा बर्षमा एक पटक मात्रै पुजा हुन्छ । उच्च भूभागमा रहेको मन्दिरको अवलोकन त्यहाँ रहेको धार्मिक मान्यताको बिषयमा जानकारी लिन देशका बिभिन्न ठाउँबाट बिद्यालयहरुले बिद्यार्थीलाई अवलोकन भ्रमण समेत गराउने गरेका छन् । मंगलबार भएको बार्षिक पुजामा समेत दुई हजारभन्दा धेरै भक्तजन तथा दर्शनार्थीहरुको सहभागीता रहेको थियो । पश्चिमे देवता कमल जैसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्यामलाल सुवेदीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । धन प्रसाद सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन कलबहादुर परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->