आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कक्षा ९ र १० मा ऐच्छिक गणित हटाइएको छैन: पाठ्यक्रम विकास केन्द्र

कक्षा ९ र १० मा ऐच्छिक गणित हटाइएको छैन: पाठ्यक्रम विकास केन्द्र


  • Dhorpatan News
  • फाल्गुन ६ २०७६, मंगलबार
काठमाडौं,६ फागुन –

केन्द्रले हालै जारी गरेको एक सूचनामा कक्षा ९ र १० का लागि विभिन्न ऐच्छिक विषय उल्लेख गरे पनि ऐच्छिक गणित समावेश थिएन। केन्द्रले गत पुस ९ गते निकालेको सूचनामा कक्षा ९ मा ११ ऐच्छिक विषय र कक्षा १० मा ९ वटा ऐच्छिक विषय समावेश गरेको थियो।

उक्त सूचनाअनुसार कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक अंग्रेजी, लेखापरीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषय राखिएका छन्।

यस्तै कक्षा १० मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषय छन्। कक्षा ९ र १० मा विद्यार्थीले ऐच्छिक दुई विषय पढ्न पाउँछन्।

केन्द्रकी पाठ्यक्रम अधिकृत चिनाकुमारी निरौलाले निकालेको उक्त सूचनामा ऐच्छिक गणित राखिएको थिएन। गत वर्ष नै लागू भइसकेको उक्त विषय सूचनामा समावेश नभएपछि ऐच्छिक गणित हटाउन लागेको भन्दै केन्द्रको आलोचना भइरहेको छ।

तर केन्द्रकै वेवसाइटमा राखिएको ‘माध्यमिक शिक्षा पाठ्यक्रम’ भित्र कक्षा ९ र १० मा ऐच्छिक गणित विषय शैक्षिक सत्र २०७५ देखि नै लागू भइसकेको उल्लेख छ। यसअघि शैक्षिक सत्र २०७४ देखि ९ र १० कक्षामा ऐच्छिक विज्ञान र अर्थशास्त्र लागू भइसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->