मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

व्यावसायिक महिला क्लबको आयोजनामा पर्वतमा आँखा शिविर

व्यावसायिक महिला क्लबको आयोजनामा पर्वतमा आँखा शिविर


  • Dhorpatan News
  • फाल्गुन ६ २०७६, मंगलबार

पोखरा, ६ फागुन- पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वत स्थित मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशिमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको हो ।
सेराबेशिमा नवज्योती थम माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सगै स्थानिय वासिन्दा सगै वरिपरिका क्षेत्रवाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंव नि शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन । शिविरमा तिन सय ८० जनाको आँखा परिक्षण सगै आवश्यक औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिब इन्दु भट्टराई सदस्यहरु लक्ष्मी गुरुङ, कृष्ण कुमारी गुरुङ र रजनी श्रेष्ठ, मोदि गाउँपालिका वडा न १ का वडा अध्यक्ष भोग बहादुर , नब ज्वोती थम मा. बिका प्र अ मिना गुरुङ, विद्यालय ब्यबस्थापन सामितिका अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिती रहेको थियो ।
क्लवले यस अघि गत पुसमा पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयमा र गत माघमा पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->