मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मेड इन नेपाल एक्स्पोजरमा ‘सेनएड’

मेड इन नेपाल एक्स्पोजरमा ‘सेनएड’


  • विजय नेपाली
  • फाल्गुन १४ २०७६, बुधबार

पोखरा,१४ फागुन – पोखरामा जारी क्यान इन्फोटेक मेला भित्र विभिन्न कम्पनीका विधिन्न विज्ञान र प्रविधिहरु राखिएका छन् । तिनै प्रविधिमध्ये स्टल नं.३६ मा प्रगति अंग्रेजी बोर्डिङ स्कूलको व्यानरमुनि ३ जना छात्राहरु बसेका छन ।
लाखौँ रुपैयाँ पर्ने विभिन्न कम्प्युटर, प्रविधिहरुकोबीचमा एउटा सामान्य देखिने मेसिन राखिएको छ । त्यहाँ बसेका ती छात्राहरुको समान्य मेसिनको काम भने महिलाको जिवनसँग गाँसिएको छ । ३ जना छात्राहरु मिलेर बनाएको उक्त मेसिनको नाम हो ‘सेनएड’ ।
सेनएड मेसिन महिलाको स्वास्थ्य र जीवनसँग गाँसिएको छ । सेनिटरी र प्याड शब्दलाई समिश्रण गरि राखिएको नाम हो सेनएड । सेनएडले चाहेको बेलामा प्याड दिन्छ । महिलाहरुमा हुने महिनावारीको समस्याले अधिकांश महिलाहरुलाई निकै समस्यामा पार्ने गर्दछ । महिलाको समस्यालाई नै हेरेर प्रगति स्कूलका ३ जना बालिकाहरुले सेनएडको निमार्ण गरे । जसले कार्डको माध्यमबाट प्याड दिन्छ । मेसिन बनाउने मध्येकी एक रितिका भन्छिन्‘ हामीलाई विद्यालयमा निकै समस्या हुन्छ, महिलाको समस्या भएको कारणले शिक्षकहरुलाई हामि भन्न सक्दैनौँ त्यसैले नै हामीले हाम्रो सहजताको लागि यो सेनएड बनाएका हौँ ।’ रितिका बल्ल १५ वर्षकी हुन् । उनका अन्य साथी प्राथना थापा र सचिना थापा पनि १५ र १४ वर्षका मात्र छन् । तर उनीहरुको यो सेनएड नेपालको लागि मात्र नभएर विश्वकै लागि निकै महत्व र आवश्यकता भएको मेसिन बन्न सक्छ । जब राज्यले यी छात्राहरुको प्रविधिलाई निमार्ण गर्न सक्छ । यो नेपालकै उत्पादन हो यस्ले विश्वकै महिलाहरुको लागि निकै महत्व राख्छ ।
१५ वर्षिय प्राथना भन्छिन्,‘हामीले धेरै प्रकारका मेसिन देखेका छौँ तर महिलाको मुख्य समस्याको लागि भने छैन, यो समस्याको समाधान गर्न हामिले सक्छौँ ।’ त्यस्तै १४ वर्षीय सचिना थापा भन्छिन्,‘हामी विद्यार्थीहरुको लागि मात्र नभएर पुरै महिलाको लागि यो महत्वपूर्ण रहेको छ।’ सेनएड मेसिन हरेक विद्यालयमा राखे छात्रा तथा शिक्षिकाको लागि समेत निकै फलदायी हुने विद्यार्थीहरुको भनाइ रहेको छ । सेनएडले हालसम्म तीन अर्वाड समेत पाएको छ । सेनएडले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा योङ इनोभेटर्स अवार्ड, नेशनल भविष्य स्टिम च्यालेन्ज राष्ट्रिय तहमा बेष्ट प्रिभेन्सन अवार्ड र प्रदेश तहमा कम्युनिटि इम्पेक्ट अवार्ड प्राप्त गरिसकेको छ । विधालयमै महिनावारी भएका छात्राहरुले निकै कष्ट खेप्नुपर्ने अवस्थामा यो मेसिनले निकै राम्रो काम गर्छ र छात्राहरुलाई उक्त समस्याबाट बाहिर ल्याउँछ । मेलामा डेमोको लागि एटिएम कार्डको प्रयोग गरे पनि विद्यालयमा भने परिचय पत्रको प्रयोग गर्ने गरि बनाउने योजना रहेको छात्राहरुको भनाइ रहेको छ । परिचय पत्रमा रहेको क्युआर कोडबाट प्याड निकाल्न सकिने उनीहरुले जानकारी दिए । बाहिर पनि पैसाभन्दा बढी कार्डको प्रयोग गर्ने भएको कारणले पनि कार्ड राख्ने सिस्टम निमार्ण गर्न लागेको रितिकाले जानकारी दिइन् । मेसिनको प्रयोग विधालय देखि अफिस,बैंक, अस्पताल, सार्वजानिक स्थान तथा मार्केटहरुमा समेत गर्न सकिने र कार्डको प्रयोग गर्दा खेर समेत नजाने छात्राहरुको धारणा रहेको छ । छात्राहरुको यो प्रविधि नेपालको लागि एउटा आविस्कार हो जसले हरेक महिलाको साझा समस्याको समाधान गर्न अतुलनीय भूमिका खेल्न सक्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->