पोखरा, १८ फागुन – विद्यालयको शैक्षिक गतिविधीलाइ स्मार्ट तरिकाले व्यवस्थापन गर्न कोड लोजिक टेक्नोलोजी प्रा.लि.ले बनाएको स्मार्ट स्कुल विधालय व्यवस्थापन सिस्टम सफ्ट्वयर वितरकहरुको क्षमता अभिवृद्धि तथा भेटघाट कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।
देशभरका वितरकहरुलाइ स्मार्ट स्कुल सिस्टमबारे जानकारी दिदै कोड लोजिक टेक्नोलोजीका प्रबन्ध निर्देशक नकेन्द्र पुनले स्मार्ट स्कुल कार्यक्रमले विद्यालयका गतिविधीलाइ सहज तरिकाले व्यवस्थापन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
“स्मार्ट स्कुलले नयाँ प्रविधीको प्रयोग गर्दै विद्यालय, शिक्षक,अभिभावक र विद्यार्थीलाइ सहज रुपमा जोड्छ । विद्यालयका गतिविधी ्हाजीरी,गृहकार्य,नतिजा प्रकाशन विद्यालयका सुचना,क्यालेन्डर,लेखा व्यवस्थापन, ,जिपिएस सुविधा मोबाइलबाटै लिन सकिन्छ ।” निर्देशक पुनले भने ।
स्मार्ट स्कुलको प्रयोगले समयको बचत हुनुको साथै अनावश्यक खर्चलाइ कम गर्दै गुणस्तरीय शिक्षा विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्न सकिने निर्देशक पुनको भनाइ थियो ।
स्मार्ट स्कुललाइ स्थानिय निकायसँग पनि जोडिएको छ । विद्यालयले स्थानिय निकायको शिक्षा समितीलाइ पठाउनुपर्ने रिपोर्ट पनि सफ्ट्वयर मार्फत पठाउन सकिन्छ । स्थानिय निकायले मातहतका विद्यालयको विभिन्न रिपोर्ट (जस्तै विधार्थी सँख्या, उपस्थिती, परिक्षा नतिजा, शिक्षक हाजिरी रेकर्ड, )आदी स्थानिय निकायको आधिकारिक लग इन बाट हेर्न सकिनेछ ।
स्मार्ट स्कुल एप्स मोबाइल र कम्यूटर (एप्स तथा ब्राउजर) दुवै तरिकाले प्रयोग गर्न सकिने जानकारी दिदै स्मार्ट स्कुलका बजार व्यवस्थापक जय मल्लले स्मार्ट स्कुलमा विद्यालयको मोबाइल एप्स,स्मार्ट हाजीरी, होमवर्क पठाउने,चेक गर्ने, अभिभावक तथा विद्यार्थी,शिक्षकलाइ सुचना, समाचार पठाउने,लेखा व्यवस्थापन गर्न सक्ने,मोबाइलबाट शिक्षकहरुले नम्बर चढाउन र रिजल्ट निकाल्न सकिने,विद्यालयका गाडिमा जिपिएस मार्फत कन्ट्रोल गर्न सकिने लगायतका वृहत सुविधा रहेको बताए ।
मल्लले प्रविधीको युगमा कोड लोजिकले नागरिकको जीवनलाइ सहज र सरल बनाउने विभिन्न प्रविधीको विकास गरिरहेको बताए । अहिले विद्यालयले झेल्दै आएका समस्यालाइ सहज रुपमा व्यवस्थापन गर्न स्मार्ट स्कुल प्रोडक्ट ल्याएको र यस्ता धैरै प्रोडक्ट बजारमा ल्याउने तयारी रहेको जानकारी गराएका थिए ।
कार्यक्रमको सहजीकरण स्मार्ट स्कुल कास्की जिल्लाका डिलर विशाल गुरुङ, राजु कार्की र पर्बत बाग्लुङ का डिलर क्रमस मिलन पौडेल र सज्ज्न कुमार सिंहले गरेका थिए ।
कार्यक्रमा देशभरका दुइ दर्जन बढि जिल्ला प्रतिनिधीको सहभागिता रहेको थियो ।





