बागलुङ, २२ फागुन – बाग्लुङको गलकोटमा होमस्टे व्यवासायिक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गाउँ पर्यटन विकास मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा गलकोट नगरपालिका २ नरेठांटीमा तालिम सुरु भएको हो । तालिमको उदघाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले कृषि र पर्यटन बिना समृद्धिको लक्ष हासिल गर्न असम्भव भएको हुदा घरबास कार्यक्रम प्रभाकारी माध्यम भएको बताए । घरबास कार्यक्रमबाट सिङ्गो समुदाय लाभान्वित हुने गरि योजना बनाएर अघि बढन उनले आग्रह गरे । होम स्टेलाई खाने बस्ने र रमाइलो गर्ने ठाउँ मात्र नभएर पर्यटन आकर्षण गर्न भौतिक पुर्वाधार निर्माण र प्रचार प्रसार गर्नु पर्ने उनले बताए । प्रदेस र संघको समृद्धिकोलागि स्थानीय तहको योगदान जरुरी रहेकोले आफुहरु लागिपरेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी अध्यक्ष ललित श्रीस ले रेमिटान्सको भर परी अल्छि बन्ने प्रवृत्तिले जग्गा जमिन बांझो बनेको भन्दै उत्पादन बिना समृद्धि असम्भव भएको बताए । सुक्ष्म तरिकाले योजना बनाएर कृषि उत्पादनलाई जोड दिन नसकेसम्म परनिर्भरताले कहिल्यै समृद्धि हासिल गर्न नसकिने उनको भनाइ थियो । भौतिक पुर्वाधारको विकास संगै उत्पादनमुलक योजनामा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा श्रीसले जोड दिए ।
होम स्टे संचालन गर्दै मोडेल कृषि तथा पशुपालन फार्म स्थापना गर्न सकेमा आर्थिक रुपमा सबल बन्न सकिने उनले बताए । राष्ट्रिय जनमोर्चा नेपालका गल्कोट नगर अध्यक्ष टंक केसिले प्राकृतिक श्रोत साधनको अधिकतम उपयोग गर्दै कृषि र पर्यटनलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।आफ्ना श्रोत साधनको उपयोग गर्न नसक्दा श्रम बेच्न बिदेश जानू पर्ने बाध्यताको अन्त्य गर्न तर्फ राज्यले ध्यान दिनु जरुरी रहेको उनको भनाइ थियो ।
गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले घरबास कार्यक्रमले समाजका लागि अवसर सिर्जना गरेको भन्दै अबसरको उपयोग गर्नुपर्नेमा उनले जोड दिए । सम्भावना हुदा हुदै पनि प्रचार प्रसारको अभावले पर्यटकीय क्षेत्र ओझेलमा परेको हुनाले प्रचार प्रसारमा समेत ध्यान दिनु पर्ने उनले बताए ।
गाउँ पर्यटन मञ्च गण्डकी प्रदेश अध्यक्ष नवराज अधिकारीले स्थानीय खाना र विषेशताको उजागर गर्न सिकाउन तालीम आयोजना गरिएको बताए ।आतिथ्यता ,ग्रामीण पर्यटनका विषेशता उजागर गर्नकोलागि ३ दिने तालिम सुरु गरेको उनले बताए ।स्थानीय परिकार ,बसाइ व्यवस्थापन तथा प्रचार प्रसारको लागि समेत तालिममा सहजीकरण गरिने उनले जानकारी दिए ।स्थानीय सस्कृतीको उजागर गर्दै स्थानीय खानाको परिकारहरुको पाक कलाको वारेमा प्रयोगात्मक रुपमा तालिममा सहजीकरण गर्ने छ ।
तालिम संयोजक श्याम लामिछानेले होम स्टेको प्रवर्द्धन र विकासको लागि काम गरिरहेको बताउदै तालिम उपलब्धि मुलक हुने बताए । तालिममामा बागलुङ जिल्ला भरका ३० होम स्टे बाट ६० जनाको सहभागीता रहेको छ । तालिमका लागि गलकोट नगरपालिका तथा ताराखोला गाउँपालिकाले सहयोग गरेको गलकोट नगरपालिका वडा नम्बर २ को स्थानीय समन्वय रहेको वडा अध्यक्ष हिम बहादुर भन्डारीले जानकारी दिए।
प्प्प्प्प्प होम स्टे संचालक समिती बागलुङका संयोजक चुडामणी छन्त्यालको अध्यक्षता तथा वडा सदस्य घनस्याम कुंवरको सञ्चालनमा सम्पन्न भएको थियो ।







