बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

मन्त्री अर्यालले गरिन एपको लञ्च


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७६, शनिबार

पोखरा, २४ फागुन – नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर शनिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन ।
नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशभर लागु गरिने बताइन । मालपोतमा सेवा शुरु भइसकेको भन्दै उनले अब नापीमा पनि देशभर लागु गरिने बताइन ।
सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताइन ।
नापी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा “नापी पोखरा, (SOKP) मोबाईल एपप तयार गरिएको जानकारी दिए ।
नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपपमार्फत लिन सकिनेछ ।
एपपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचनारजानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ ।
नेपालको जग्गाप्रसासनको क्षेत्रमा यसप्रकारको मोबाईल एप, पहिलो पटक कास्कीबाट सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->