आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युइईमा दुई नेपालीमा कोरना

युइईमा दुई नेपालीमा कोरना


  • Dhorpatan News
  • फाल्गुन २७ २०७६, मंगलबार

युएई, २७ फागुन – युनाइटेड अबर इमिरेट्स (युएई)मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।सोमबार युएईमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा दुई जना नेपालीमा पनि संक्रमण भएको पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । स्थानीय सञ्चार माध्यमका अनुसार चारजना युएईका नागरिक, तीनजना इटालीका, दुई–दुई जना नेपाली र बंगलादेशी तथा एक–एक जना रसियाली, भारतीय र सिरियाली नागरिकमा संक्रमण देखिएको हो । योसँगै युएईमा कोरोना भाइरसका संक्रमितको संख्या ५९ पुगेको छ । प्छिल्लो समय कोरोना पुष्टि भएकामध्ये एक जना भने तीन वर्षीय भारतीय बालक छन् ।उनलाई पनि क्वारेन्टाइनमा राखिएको छ । यसअघि अष्ट्रेलियामा रहेका एक नेपालीमा पनि कोरोना भाइरस देखिएको थियो । युएईलगायत गल्फ मुलुकमा लाखौं नेपाली कामदार छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->