मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

गाउँ चिनाउने गाउँका गीतहरु !

गाउँ चिनाउने गाउँका गीतहरु !


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७६, मंगलबार
sf:sLsf] 3fGb|'s ufpF cGgk"0f{ kbdfu{df kg]{ sf:sLsf] k|l;4 ko{6sLo 3fGb|'s ufpF . tl:a/ M gjLg kf}8]n, /f;;

पोखरा,२७ फागुन – युगकवि शिद्धिचरण श्रेष्ठले त्यो बेला नै जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुंगा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि कविताले गीतको रुपमा चर्चाको शिखर छोयो । आफू जन्मेको वा घुमेको ठाउँको वर्णनमा कयौँ कवि तथा गीतकारले शब्दहरु खर्चिने क्रम अहिलेसम्म थामिएको छैन ।
पोखराकै कुरा गर्ने हो भने सरोजगोपाल बज्राचार्यले ‘देउराली उकाली चढेर, बिजयपुर खोला तरेर’ भन्ने बोलको गीतबाट आफ्नो परिचय बनाए । कवि तीर्थ श्रेष्ठले लेखेको ‘मेरै हिमालजस्तो हेरिरहँ पोखरा’ भन्ने गीत लेख्नुभयो । पोखराकै बाबा राणाले ‘सुर्खेत बुलबुल ताल, मै सानो हुनाले छुट्यो मायाजाल’भन्ने बोलको गीत गाइन । राणाले बुलबुललाई तालको दर्जा दिए पनि त्यो पोखरी जस्तो मात्र रहेको छ । समयक्रममा लेखिएका यस्ता गीत र कविताहरुले स्थान विशेषको परिचय मात्र दिएनन्, त्यहाँको बस्तुस्थितिबारे जानकारी पनि पस्के ।
युगकवि शिद्धिचरणलाई पछ्याउँदै पोखराकी गीतकार बसन्ती लालचनले ‘क्या राम्रो स्याउबारी मार्फा गाउँको’ भन्ने गीत लेखिन् । म्यूजिक भिडियो समेत निर्माण गरिएको र नाँच्न मिल्ने गरी संगीत भरिएको सो गीतले पाउनुसम्म चर्चा पायो । चाडपर्व र विद्यालयमा हुने नृत्य प्रतियोगितामा ‘क्या राम्रो स्याउबारी’ घन्कनसम्म घन्कियो । बसन्ती अहिले संसारमा छैनन् । ‘त्यो गीतले नै मलाई गीतकारको रुपमा चिनायो, गाउँको गीत यति चर्चित भएको सायद यो नै पहिलो होला’,गीतकार बसन्ती लालचनले एकपटक भनेकी थिइन्,‘गाउँलाई चिनाउन पनि खुबै मद्धत ग¥यो ।’
मुस्ताङको थकाली गाउँ हो, मार्फा । स्याउको लागि प्रख्यात सो गाउँका थकालीहरु नेपालमा मात्र नभएर संसारभर पुगेका छन् । गीतको चक्का नै बेचेर पनि राम्रै आम्दानी भयो बसन्तीलाई । क्यासेट बेचेर ११ लाखजति जम्मा भएको थियो रे । त्यो पैसा मार्फा समाजलाई दिइएको थियो । रमाइलो त के छ भने, मार्फा गाउँको गीत लेख्नेबेलासम्म बसन्ती लालचन आफै मार्फा गाउँ गएकै थिइनन् । लालचनका अनुसार गाउँबारे सुनेको, भिडियो र चित्रमा देखेकै भरमा गीतको रचना भएको थियो । गीत चर्चित भएपछि भने उनलाई अन्य गाउँका मानिसहरुले पनि आफ्नो गाउँबारे गीत लेख्न आग्रह गर्न थाले । त्यसपछि उहाँले मुस्ताङकै छुसाङ गाउँबारे ‘छुसाङ मेरो गाउँ’, तनहुँको बन्दिपुर, कास्कीकै पर्यटकीय गाउँ घान्द्रकुलगायतका ठाउँहरुको वर्णनगर्दै गीत लेखिन् ।
गीतहरुले गाउँको प्रचारमा प्रभाकारी भूमिका खेलेपछि अहिले देशैभर गाउँका गीतहरु गाउने लहर नै चलेको छ । पछिल्लो समयमा कास्कीका सबैजसो गाउँको वर्णन गर्दै गीतहरु तयार पारिएका छन् । प्राज्ञ तथा विम्वकवि रमेश श्रेष्ठले समेत केही गाउँको वर्णनगर्दै गीत लेखेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँगको आवद्धताले पनि उनलाई गाउँबारे जानकारी लिन र वर्णनमा शब्द खर्चन सजिलो भएको हो । सुन्दर गाउँमा पुग्दा कहिले त्यहाँको सुन्दरताले भावकु बनेर तथा कहिलेकाँही गाउँलेको आग्रहमा नै आफूले गाउँका गीतहरु लेखेको उनले बताए । गाउँको गीत लेख्दा त्यहाँको सांस्कृतिक अवस्था, प्राकृतिक सुन्दरता तथा मानवीय भावना एवं चालचलनलाई पनि प्रतिविम्बित गर्ने कोशिस गरेको उनको भनाई छ ।
वरपरका जिल्लाबाट बसाईँ सरेर आउनेहरुको सहरभन्दा पनि हुन्छ –पोखरालाई । वर्षौँ पहिला गाउँ छाडेका र सहरमै रमाएकाहरुलाई गाउँ सम्झाउने माध्यम गाउँका गीतहरु बनेको छन् । गीतहरु गाउँको झल्को दिने भएका छन् ।
घरबास(होमस्टे ) कार्यक्रम सुरु गरेका गाँउहरुले त गीतलाई नै पर्यटन प्रवद्र्धनको माध्यम पनि बनाएका छन् ।कास्की मात्र नभएर देशका विभिन्न गाउँहरुको बर्णनगर्दै गीत लेखिएका छन् । भिडियो बनाइएका छन् । ‘परापूर्व कालमा पनि गीत प्रचारको माध्यम थियो र अहिले पनि हो’, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्,‘गाउँको वर्णन गरिएका गीतहरुले लोभिएर गाउँको भ्रमणमा निस्कनु अस्वभाविक हैन ।’ कविभन्दा पनि फिरन्ताको रुपमा कास्कीका धेरैजसो पर्यटकीय गाउँको भ्रमण गरेको बताउने उनले अहिले मिडियामोहका कारण पनि गीतहरु बन्ने गरेको दावी गरे । माछापुच्छे« हिमाल नदेखिने कास्कीकै केही गाउँकोबारे तयार गरिएको गीतमा माछापुच्छे« हिमाल देखाइएको प्रसङ्ग झिक्दै उनले भने,‘यस्तो चलनले मानिसलाई भ्रमित बनाउने काम पनि भएको छ ।’
पछिल्लो समय लेखिएका ‘गाउँका गीत’हरुमा गुणस्तरीयता खस्कदै गएको र फेसनकै रुपमा गाउँका गीतहरु लेख्न थालिएको अनुभव छ ,सञ्चारकर्मी हुम गुरुङसँग । ‘ग्रामीण पर्यटनको विकासमा गाउँका गीतहरुले सहयोग भने गरेकै छन्’,उनले भने,‘यस्ता गीतहरुमा रचना गर्दा मौलिकतालाई पनि ध्यान दिए सुनमा सुगन्ध हुने थियो ।’प्राज्ञ सरुभक्तको बिचारमा अनुभूतिको प्रभावमा स्थान विशेषकोबारे रचना गरिएका कविता वा गीतले मात्र त्यहाँको वास्तविकता झल्काउँछ । संरक्षण कविता आन्दोलनमार्फत विभिन्न स्थानमा पुगी त्यहीँको विषयमा काव्यीक सृजनामा लागेका सरुभक्तले भने,‘हेरेर र अनुभूत गएिका विषयहरुमा अडिएर गरिएका सृजनाहरुमा माटोको गन्ध हुन्छ, स्थानीय संस्कृतिको समिश्रण हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->