मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

एन प्याब्सन कास्कीको पदस्थापन

एन प्याब्सन कास्कीको पदस्थापन

नवनिर्वाचित नेसनल प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले एन प्याव्सनको गरिमालाई जोगाउन आफ्नो टिम लागि पर्ने प्रतिवद्धता जनाए ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २३ २०८३, मंगलबार

पोखरा/  नेसनल प्याब्सन कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ ।

निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गरेको हो । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए ।

सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल, सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका) र मनोनित सदस्य हेम रानाभाट रहेका छन् ।

कार्यक्रमममा नेसनल प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष याम खड्काले एन प्याब्सनको गरिमालाई उचाईमा पु¥याउन नयाँ समिति कटिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।‘तपाईहरु बौद्धिक हुनुहुन्छ, तपाईहरुलाई समाजले हेर्नेदृष्टीकोण पनि छुट्टै हुन्छ’ उनले भने, ‘आफ्नो बौद्धिकतालाई सहि ठाउँमा प्रयोग गरेर संस्थाको गरिमालाई उचाईमा पु¥याउन सि·ो टिम भूमिका ठूल रहने छ।’

नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष रामबहादुर मोचीले नीजि विद्यालयलाई स्थापित गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहने बताए । ‘राज्यलाई निजि विद्यालयको आवश्यकता छ, निजि विद्यालय त्यहि माथि एन प्याब्सनमा आवद्ध विद्यालयमा नै बच्चा किन पढ्न पठाउने भन्ने नमूना पेश गर्न यहाँहरुको भूमिका अतुलनिय रहने छ’ उनले भने,‘यो अभियानमा नयाँ समितिको  टिम कटिवद्ध भएर लाग्ने मैले विश्वास लिएको छु ।’

नवनिर्वाचित नेसनल प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले एन प्याव्सनको गरिमालाई जोगाउन आफ्नो टिम लागि पर्ने प्रतिवद्धता जनाए । ‘संस्थाका अग्रज र साथीहरुको सहयोगले नै यो समिति निर्विरोध निर्वाचित भएको छ’ उनले भने, ‘अग्रजहरुको सल्लाह र साथीहरुको साथ सपोर्टबाट नै वाकी रहेका कामहरु पुरा गर्नेछौ ।’ नेसनल प्याब्सन कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य युवक लामिछानेले गरेका थिए । त्यस्तै गरी लेखा समिति संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा गगन गुरुङ रहेका छन् । एन प्याब्सन कास्कीको पहिलो बैठकले अतिरिक्त क्रियाकलाप प्रमुखमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुमा दिपु भारी र हेम रानाभाट चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->