बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु

तनहुँमा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०७६, बुधबार

तनहुँ, २८ फागुन –  तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्लीका २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका-४ नयाँपुलका २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सडकबाट १५० मिटर तल ट्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->