शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डिफेण्डिङ च्याम्पियन थ्रिस्टारलाई हराउँदै पुलिस फाइनलमा

डिफेण्डिङ च्याम्पियन थ्रिस्टारलाई हराउँदै पुलिस फाइनलमा

आहा ! रारा गोल्डकप


  • Dhorpatan News
  • फाल्गुन २८ २०७६, बुधबार

विजय नेपाली
पोखरा, २८ फागुन–आहा ! रारा गोल्डकपको डिफेण्डिङ च्याम्यिन रुस्लान थ्रिस्टार क्लबलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसको अगाडी थ्रिस्टार निरीह देखियो । अधिकांश नयाँ खेलाडी लिएर मैदान प्रवेश गरेको थ्रिस्टारले खेलमा कुनै जादु देखाउन सकेन । खेलको सुरुवातीदेखि नै पुलिसको दबावमा परेको थ्रिस्टारले ९० मिनेटसम्म गोलको अवसर सिर्जना गर्न सकेन ।
थ्रिस्टारमाथि हाबी भएको पुलिसले खेलको ८ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा आक्रामक खेल खेल्दै थप दुई गोल गर्दै ३–० गोलले फराकिलो जित निकाल्न सफल भयो । पुलिसका कप्तान भरत शाहले ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिएभने निरकुमारले खेलको ५१ र ७१ औँ मिनेटमा गोल गर्न सफल भए ।
नेपाल पुलिसले १ क्याराभान गोल्डकपसहित ५ पटक आहा ! रारा गोल्डकपको उपाधि चुमिसकेको छ । छैटौँ पटक समेत उपाधि उचाल्दै सर्वाधिक आहा रारा गोल्डकपको उपाधि जित्ने दाउमा रहेको पुलिसले त्रिभुवन आर्मी र मनाङ मस्र्याङदीबीच हुने खेलको विजेतासंग फाइनल भीड्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->