मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

नेकपाको जनसम्बन्ध बिस्तार अभियान

नेकपाको जनसम्बन्ध बिस्तार अभियान


  • हिमलाल पराजुली
  • चैत्र २ २०७६, आइतबार

स्याङ्जा, २ चैत – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान शनिबारबाट सुरु गरेको छ । स्याङ्जा जिल्लाको ११ ओटै स्थानीय तहमा शनिबारबाट सुरु गरिएको अभियान तीन महिना सम्म सञ्चालन गरिने नेकपा स्याङ्जाले जनाएको छ ।
दुई ठुला कम्युनिष्ट पार्टी एमाले र एकीकृत माओवादी बिच पार्टी एकीकरण भएपछि निष्कृय जस्तै बनेको नेकपाको संगठ बिस्तारका साथै जनता संग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले जिल्लाको ११ ओटै स्थानीय तहबाट अभियानको सुरुवात गरिएको जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले जानकारि दिए । अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, एकताका बाकी कामलाई पुर्णता दिनुका साथै जनबर्गीय संगठनको एकीकरण, जनप्रतिनिधिहरु संग अन्तरकृया सरकारले गरेका कामको प्रचारप्रसार एवं भेला र कार्यकर्ताहरु संग भेटघाट गरेर पार्टीका धारणा र विचारहरुलाई जनतामाझ लैजाने नेमापा स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->