बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निजी विद्यालयको भवनमा अस्थायी अस्पताल बनाईने

निजी विद्यालयको भवनमा अस्थायी अस्पताल बनाईने


  • Dhorpatan News
  • चैत्र ८ २०७६, शनिबार

म्याग्दी, ८ चैत–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालयको भवनमा आइसोलेसन अस्पतालका रुपमा संचालन गरिने भएको छ । बेनी नगरपालिका ८ हिलसाइडस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका ३३ कोठामध्ये १० कोठामा बेनी अस्पतालले आइसोलेसन बनाउने भएको हो ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको वैठकले विद्यालयमा अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुकासम्ममा अस्पतालको तयारी हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत हाल खाली अवस्थामा रहेको विद्यालय भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय भएको माउन्ट एभरेष्ट अवासीय माविका अध्यक्ष चन्द्रकुमार केसीले बताए ।
बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधि सम्मिलित वैठकले म्याग्दी बहुमुखी क्याम्पसनजिक रहेको एभरेष्ट बोर्डिङ स्कुलको पुरानो भवनलाई मर्मत सम्भार र रङरोगन गरी अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । अस्पताल भवनको सरसफाई र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । सेनाले शनिबार बेलुकासम्म अस्पताल तयार पार्ने छ ।
बेनी अस्पतालका डा. मनोज घिमिरेले कोरोना भाइरसबाट संक्रमितको आइसोलेसनमा राखेर उपचार गर्न सहज होस् भनेर छुट्टै अस्पताल बनाउन लागिएको बताए । आकस्मिक रुपमा संक्रमण देखा परेमा तत्काल उपचार गर्न सहज होस भनेर अस्पताल विद्यालयमा अस्पताल बनाउन लागिएको डा. घिमिरेले बताए । अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->