बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवा पर्वतको आईसोलेसन वार्डमा भर्ना

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवा पर्वतको आईसोलेसन वार्डमा भर्ना

‘युवती संगै एउटै बिमानमा आएका कारण परिक्षणका लागि आइसोलेसनमा राखिएको हो’ डा. देबकोटाले भने, ‘अहिले ती युवाको अबस्था सामान्य छ ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०७६, बिहिबार

कुश्मा, १३ चैत – कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवालाइ पर्वत अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवतीसंगै आएका युवालाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।
बागलुङ्ग जिल्लामा घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बसेका ती युवालाई परिक्षणका लागि आइसोलेसनमा राखिएको पर्वत अस्पतालका निमिक्त सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले जानकारी दिए । ‘युवती संगै एउटै बिमानमा आएका कारण परिक्षणका लागि आइसोलेसनमा राखिएको हो’ डा. देबकोटाले भने, ‘अहिले ती युवाको अबस्था सामान्य छ ।’ उनमा कोरोना संक्रमणका लक्षण भने देखिएको छैनन । कोरोनाको संक्रमणका लक्षणहरु देखिएको अबस्थामा मात्रै स्वाब परिक्षणका लागि पठाइने डा. देबकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->