बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको अस्पतालले सुई लगाएर पठाएको गर्भवती महिलाको वाटोमै मृत्यु

तनहुँको अस्पतालले सुई लगाएर पठाएको गर्भवती महिलाको वाटोमै मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७६, शुक्रबार

दमौली, १४ चैत – पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी एक गर्भवती महिलाको मृत्यु भएको छ।तनहुँको भिमाद नगरपालिका वडा नम्बर ९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको हो। बिहीबार साँझ अस्पताल पुगेकी उनलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो। तीन महिनाकी गर्भवती आलेको घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।
अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाए। मृतक नाताले वडाध्यक्ष थापाकी भाइबुहारी हुन्। देशमा लकडाउनको समय भएकाले अहिले कुनै विरोध नगरी सहज परिस्थिति भएपछि यस्ता घटना आउँदा दिनमा नदोहोरियोस् भनी अस्पताल प्रशासनमा छलफल गर्ने गरी शव दाहसंस्कारका लागि तयारी गरिएको वडाध्यक्ष थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->