आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमित युवतीलाई घरबाट धौलागिरी अञ्चल अस्पतालमा ल्याईयो

संक्रमित युवतीलाई घरबाट धौलागिरी अञ्चल अस्पतालमा ल्याईयो

उनलाई शनिवार राती अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट आईसोलेसन वार्डमा ल्याएको छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७६, शनिबार

            तस्विर : संक्रमित युवती चैत ४ गते दिउसो पोखरा झरेको एति एयरलाईन्स ६७९ विमानको टिकट ।

बागलुङ, १५ चैत – कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी अञ्चल अस्पतालमै उपचार हुने भएको छ । उनको अवस्था सामान्य रहेकाले अञ्चल अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न थालिएको हो । अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
उनलाई शनिवार राती अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट आईसोलेसन वार्डमा ल्याएको छ । ‘अवस्था सामान्य रहेकाले बाहिर लैजानु पर्दैन भन्ने माथिको निर्देशन आयो’, गुरौले भने, ‘हामीसँग उपलव्ध सेवा पाउने गरी अस्पताल भर्ना गरिएको छ ।’
बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया उनलाई कोरोना भाइरसको संक्रमण भएको शनिवार पुष्टि भएको थियो । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते विहान त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा झरेकी उनी सोही दिन नै बागलुङ आइपुगेकी हुन् । उनी पोखरा यति एयरलाईन्सको जहाजमा र त्यहाँबाट स्कारपियोमा आएकी थिइन ।
कोरोना भाईरस पुष्टि भएपछि उनको उपचार गर्ने बिषयमा शनिवार दिउँसोदेखि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निकै लामो समय छलफल गरेको थियो । सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउने बिषयले प्रबेश पाएको बैठकले दोस्रोमा क्षेत्रीय अस्पताल पोखरा र अन्तिममा अञ्चल अस्पतालमानै उपचार गर्ने निर्णय गरेको हो । गृह, स्वास्थय लगायतका मन्त्रालयसँगको परामर्श पछि जिल्ला सदमुकामकै अस्पतालमा उपचार गर्ने निस्कर्षमा पुगेको गुरौले बताए । उनलाई थप समस्या भएमा भने पोखरा वा काठमाडौं पठाईने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->