बागलुङ, १६ चैत – बडिगाड गाउँपालिका वडा नं. ७ ले पहिलो चरणको राहत वितरण अन्तरगत वडा भित्रका ७३ परिवारमा राहत वितरण गरेको छ। शनिवारदेखि सुरु गरिएको राहत वितरण कामको आइतवार मात्रै ४६ घर परिवारलाई राहत वितरण गरिएको र वाँकी १० परिवारलाई सोमवार राहत वितरण गरिने वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए। जनप्रतिनिधि, प्रहरी, स्थानिय संघसंस्थाको सहभागितामा राहत स्वरुप प्रति घर परिवार ३० केजि चामल, १ पोका तेल, १ केजी दाल, १ पोका नुन, १ वटा सावुन वितरण गरिएको हो। अव दोश्रो चरणमा वडा कार्यालयमा स्टक खाद्यान्न सहितका सामाग्री राखिने र आवश्यकता अनुसार राहत वितरण गरिने अध्यक्ष गुरुङले बताए। वडामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न र त्यसबाट प्रभावित स्थानियलाई राहत दिने गरि वडा अध्यक्षको नेतृत्वमा राहत कोष स्थापना गरिएको छ। जस अन्तरगत हाल सम्म २ लाख ३ हजार संकलन भएको र प्रथम चरणको राहत वितरण देखि क्वारेन्टाइन निर्माणको खर्च सोहि कोषबाट खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।





