आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काठमाडौंबाट आएको चिकित्सकको टोली सामान वुझाएर फर्कियो

काठमाडौंबाट आएको चिकित्सकको टोली सामान वुझाएर फर्कियो


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७६, सोमबार

बागलुङ, १७ चैत – ठूलै प्रचारवाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिई), २० थान नमूना संकलन किट, केही प्याक सेनिटाइजर र माक्स धौलागिरी अञ्चल अस्पताललाई वुझाएर फर्केको छ । विभागले पठाएको उक्त सामग्री लिएर डा. झलक गौतम र जनस्वास्थ्य अधिकृत रामवहादुर नेपाली सोमवार विहान बागलुङ आइपुगेका थिए । डा.गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली बरिष्ठ जनस्वास्थ्य अधिकृत हुन् ।
उनीहरुले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केवि रानामगरलाई उक्त सामग्री वुझाएर तुरुन्तै फर्केको अस्पताल ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले वताए । उनीहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यहरुले यहाँका समस्या र गुनासा राखेका थिए । संघियत सांसद डा.सूर्य पाठकले काठमाडौंबाट बागलुङको लागि १०० थान पिपिई हिडिसकेको वताए पनि अस्पतालमा भने ५० थान मात्रै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->