बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा अझै पुगेन उपचार सामग्री

मुस्ताङमा अझै पुगेन उपचार सामग्री

सांसद तुलाचन भन्छन, ‘पहल भइरहेको छ ।’


  • निरज थकाली
  • चैत्र १७ २०७६, सोमबार

जोमसोम, १७ चैत – कोरोना भाईरस (कोभिड–१९)को त्रास फैलिईरहेको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोनाको त्रासका कारण सर्वसाधारण लकडाउनको पूर्ण पालना गर्दै घरभित्रै छन् । जिल्लामा हालसम्म कसैमा कोरोना संक्रमणको सामान्य संकेतपनि देखा नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमणको संकास्पद बिरामी आएभने उनीहरुको उपचारमा संलग्न चिकित्सकले प्रयोग गर्ने सामग्री अभावका कारण त्रास बढ्दै गएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले बताए । भण्डारीले भने – ‘हामीसँग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा, पीपीई मास्कलगायत सामग्री छैनन, अहिलेको अवस्थामा हामी कोरोनाको कुनै बिरामीको उपचार तथा चेकजाँच गर्न सक्ने अवस्थामा नै छैनौं ।’ सुरक्षा सामग्रीहरुको अभावका कारण स्वास्थ्यकर्मीनै जोखिममा रहेको भण्डारीले गुनासो गरे ।
केन्द्र तथा प्रदेश सरकारले समाग्री पठाउने समाचारहरु सुनेको भएपनि अहिलेसम्म कुनैपनि सामग्री जिल्लामा प्राप्त नभएकोमा उनलाई दुःख छ । सामग्री अभावको जानकारी प्राप्त भएपछि यहाँका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले अत्यावश्यक सामग्रीको लागि पहल थालेको बताएका छन् । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सामग्रीको बिषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराईएको र तत्कालै जिल्ला पठाउने तयारी भैरहेको उनले वताए ।
सुरक्षाकर्मी, कर्मचारीहरु र स्थानिय सर्वसाधारणको दैनिक उपभोग बस्तु, पेट्रोल, डिजेल, ग्यास, मास्क, सेनेटाईजर, पञ्जा लगायतका समग्रीको मुस्ताङमा अभाव देखिएकाले सबै सामग्री आपूर्तिको पहल थालेका छौ, तुलाचनले भने । पर्यटकको आवागमन अधिकहुने र बिदेशबाट फर्केकाहरुको संख्या समेत धेरै रहेकाले मुस्ताङ कोरोना संक्रमणको जोखिममा छ । उपल्लो मुस्ताङमा चीनसँग सिमा जोडिएको र तल्लो मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा आउने भारतिय दर्शनार्थीका कारणले पनि जोखिम धेरै रहेको सांसद तुलाचनले बताए । जोखिम रहेकै मुस्ताङमा गाउँपालिकाहरुमा काम गर्ने अस्पताल तथा स्वास्थ चौकिका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उपचारका लागि सुरिक्षत एप्रोन, पीपीई, मास्क कुनै पनि उपचार सामग्रीको व्यवस्था नहुँदा जोखिम मोलेरै उपचार गर्दै आएको घरपझोङ्ग गाउँपालिकाका स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए । उनका अनुसार अन्य, चार गाउँपालिकामा उपचार सामग्री धेरै अभाव छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको घासामा रहेको जनता आधारभूत विद्यालयमा १० जना क्षमताको क्वारेनटाईन बनाईएको छ । घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० जना क्षमता, वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको कागबेनी र मुक्तिनाथमा ६ जना क्षमता, लोघेकर दामोदरकुण्ड गाउपालिका चराङको युवा क्लव भवनमा ८ जना क्षमता र लोमान्थाङ गाउपालिकाको लोमान्थाङमा वडा कार्यालयमा १४ जना अट्ने क्षमताको क्वारेन्टाईन स्थापना गरेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले बताए । मुस्ताङमा बाहिरबाट आएका सात जनालाई घासाको क्वारेन्टाईनमा राखेको अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->