बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

परिवारका ७ सदस्यसहित १० जनाको नमुना संकलन

परिवारका ७ सदस्यसहित १० जनाको नमुना संकलन


  • ढोरपाटन संबाददाता
  • चैत्र १७ २०७६, सोमबार

बागलुङ, १७ चैत– गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवा, बागलुङ नगरपालिका गौडाकोटकी महिला र कुँडुलेकी युवतीको परिवारका ७ जना सदस्यको नमुना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ति युवतीसँगै काठमाण्डौँदेखि बागलुङ बजारसम्म यात्रा गरेका काठेखोला गाउँपालिका घर भै बागलुङ बजारमा बस्दै आएका अर्का एकको समेत कोरोना परीक्षणको लागि स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । स्वाब पोखरा पठाउने तयारी भईरहेको छ ।
बुर्तिबाङमा रहेका युवाको स्वाब संकलनका लागि भने स्वास्थ्य कार्यालयका प्राबिधिक डिल्ली आचार्य उनको गाउँमै पुगेका थिए । बागलुङ नगरपालिका–४ की ति युवतीको कोरोना परीक्षण गर्दा गत शनिवार नतिजा पोजेटिभ आएको थियो । ‘हामीले फोन ट्रेसिङ गरिरहेका छौं, संक्रमितसँग एकदमै नजिक रहेकाहरुलाई परीक्षण गरिहाल्ने योजना छ’ गुरौले भने ‘प्रोटोकलअनुसार लक्षण देखा परेपछि मात्रै अन्य सम्भावितको जाँच हुन्छ ।’ पछिल्लो समय जाँचका लागि पठाईएका १० जनासहित बागलुङमा कोरोना जाँच हुनेको संख्या १३ पुगेको छ । यसअघि नमुना पठाईएका बागलुङ नगरपालिकाकै दुई जनाको नतिजा भने नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->