शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हेलिकप्टरबाट पोखरा आईपुग्यो कोरोना जाँच्ने मेसिन

हेलिकप्टरबाट पोखरा आईपुग्यो कोरोना जाँच्ने मेसिन


  • श्याम रानामगर
  • चैत्र १८ २०७६, मंगलबार

पोखरा, १८ चैत – कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने मेसिन पोखरा आईपुगेको छ । मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो ।
पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) नामको यो मेसिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सक्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धि थापाका अनुसार अहिले मेसिन प्रयोगशालमा जडानको काम भई रहेको छ । सम्भवत यो मेसिनले आजैदेखि कोरोना भाइरसको टेस्ट सुरु गर्ने छ ।
मेसिन सहित विज्ञहरुको टोली पनि पोखरा आईपुगेको उपकुलपति थापाले जानकारी दिए । यो मेसिन डब्लु एचओबाट सर्टिफाइट भने भएको छैन ।

तस्विर : प्रकाश पौडेल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->