बागलुङ, १८ चैत – राष्ट्रिय जनमोर्चा बागलुङले लकडाउनको मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । मंगलबार एक बिज्ञप्ती प्रकाशित गरी देशव्यापी लकडाउनको मौका छोपी कालोबजारी गर्नेहरु सक्रिय भएको भन्दै कालोबजारी रोक्न प्रशासन र तीनै तहका सरकार सक्रिय हुनुपर्ने राजमोले उल्लेख गरेको छ । ‘लकडाउनका कारण देशभरी नै पसलहरु न्युन संख्यामा खुलेका छन्भने सर्वसाधारण घरबाहिर निस्कन पाइरहेका छैनन् । यहीँ मौका छोपी दैनिक उपभोग्य वस्तुमा अत्याधिक मूल्यवृद्धि गरी कतिपय व्यापारीले नाफा कमाइरहेका छन् ।’ राजमोले बिज्ञप्तीमा भनेको छ । साथै, कोरोना संक्रमणविरुद्ध सचेतता अपनाउन आम जनसमूदायसँग र चेतना फैलाउन पार्टीका नेता कार्यकर्ताहरुलाई राजमोले आग्रह पनि गरेको छ ।





