बागलुङ, १८ चैत – बागलुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि बनाएको विपत्, राहत तथा व्यवस्थापन कोषमा व्यवसायीहरुले सहयोग गर्ने भएका छन् । बागलु्ङ बजारका व्यवसायीहरुले आर्थिक संकलन गरेर कोषलाई सहयोग गर्ने भएका हुन् ।
व्यवसायीहरु कमल प्रसाद श्रेष्ठले १५ हजार, दयाराम पौडेलले ११ हजार १ सय ११, सर्वसिद्धि सप्यालर्यस् प्रालिले ११ हजार १ सय ११, हेम बहादुर खत्रीले ११ हजार १ सय ११, कुमार खड्काले १० हजार, अशोक कुमार श्रेष्ठले १० हजार, बाबुराम रेग्मीले ५ हजार १ सय, पुनम प्रसाद शर्माले ५ हजार, संजय कुमार श्रेष्ठले ५ हजार, अर्जुन चोखालले ५ हजार, भवनराज बरालले ५ हजार, योगेन्द्र शर्माले ५ हजार, बद्री ढुंगानाले ५ हजार, राजु गौतमले ५ हजार, दिपक शर्माले ५ हजार, यामकला रानाले ५ हजार, संजय शाहले २५ सय ५ रुपैयाँ संकलन गरिसकिएको व्यवसायी दयाराम पौडेलले जानकारी दिए ।
बागलुङमा कोरोना भाइरसको प्रकोप रोकथाम, नियन्त्रण र समस्यामा परेका नागरिकलाई सहयोग होस् भनेर आर्थिक संकलन अभियान चलाएको व्यवसायी पौडेलले बताए । उक्त रकम बुधवारसम्म नगरपालिकाले स्थापना गरेको कोषमा जम्मा गर्ने पौडेलले बताए ।
चैत्र १५ गते बसेको बागलुङ नगरपालिकाको आकस्मिक बैठकले नगर क्षेत्रभित्र कोरोना भाइरसको संक्रमण रोकथाम, उपचार र व्यवस्थापनको लागि ५० लाखको विपत, राहत र व्यवस्थापन कोष बनाएको छ । कोषमा पहिलोपटक व्यवसायीहरुले सहयोग गर्ने जानकारी गराएको वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदीले जानकारी दिए ।





