बागलुङ, १८ चैत – जिल्लाको जैमिनी नगरपालिकाले अन्तरपालिका आवागमनमा कडाई थालेको छ । लकडाउनलाई प्रभावकारी बनाउनका लागि छिमेकीजिल्ला र अन्तर पालिकाहरुका नाकाहरुमा कडाई गर्न नगरपालिकाले वडा अध्यक्षहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले नगर क्षेत्रमा जोडिएका झोलुंगे पुलहरु बन्दगर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएको छ ।
३० लाखको राहतकोष स्थापना, नगरका विपन्न तथा मजदुरहरुलाई राहत सामग्रीको व्यवस्था, बाहिरबाट नगरमाआएर कामगर्ने मजदुरहरुका लागि खाद्यान्नको व्यवस्था र सुकुम्बासीहरुका लागि समेत खाद्यान्न उपलव्ध गराउने निणर्य भएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए ।
राहत तथा खाद्यान्न वितरणका लागि मजदुर, विपन्न र सुकुम्बासीको तथ्यांक संकलन गर्न वडाहरुलाई जिम्मेबारी दिईएको छ । बुधबारसम्म तथ्यांक संकलन गरेर पेश गर्न वडा अध्यक्षहरुलाई भनिएको छ ।





